उधोगपति एवम् समाजसेवी बर्णवालद्वारा छठ पर्वका लागि साडी तथा पूजन सामग्री वितरण

उधोगपति एवम् समाजसेवी बर्णवालद्वारा छठ पर्वका लागि साडी तथा पूजन सामग्री वितरण

वीरगञ्ज १७ कार्तिक

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ भेलाहा टोलमा उधोगपति एवम् समाजसेवी राजु बर्णवालले छठ पूजा मनाउनका लागि एक सय जना महिलाहरुलाई नयाँ साडी र पूजन सामग्री वितरण गरेका छन्। शनिबार भेलाहा गाउँमै पुगेर बर्णवालले छठको व्रत गर्ने महिलाहरुलाई एक/एक थान नयाँ साडी, नरिवल, र अगरबत्ती प्रदान गरेका हुन्।

राजु बर्णवालका छोरा हर्षित बर्णवालका अनुसार, बर्णवालले प्रत्येक वर्ष छठ पर्वमा आर्थिक रूपमा कमजोर भएका परिवारका महिलाहरुलाई साडी लगायतका सामग्री वितरण गर्दै आएका छन्। आस्था र श्रद्धाको महापर्व छठ पूजामा आर्थिक अभावका कारण कोही पनि बञ्चित नहुन् भन्ने भावनासहित उनले विगत ८ वर्षदेखि यो सहयोग गर्दै आएका छन्।

यस अवसरमा नेपाल बार एसोसिएसन, पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ताले दिनदुखी र असहायको सेवा नै ठूलो धर्म भएको बताए। उनले समाजसेवी बर्णवालको कार्यको प्रशंसा गर्दै, समाजमा यस्ता सेवाभावी व्यक्तिहरूले प्रेरणा दिने विश्वास व्यक्त गरे।

साडी वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका नेपाली कांग्रेसका सभापति विवेक चौरसिया, वडा सदस्य हरिन्द्र मुखिया, युवा अभियन्ता उपनिवेश चौरसिया, छठुलाल चौरसिया, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायत अन्य समाजसेवीहरूको समेत उपस्थिति रहेको रेडक्रसकर्मी अभिलाष गुप्ताले जानकारी दिए।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।