सखी:महिलाको साथी संस्थाको सहकार्यमा फेटामा संजाल गठन
सखी:महिलाको साथी संस्थाको सहकार्यमा फेटामा संजाल गठन

बारा ५ पुस
आज युएसएड को आर्थिक सहयोग तथा द एसिया फाउण्डेशन मुख्य आयोजनामा रहेको नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सखी : महिलाको साथीको सहकार्यमा फेटा गाउँपालिका वडा नं. १ मा संचालन भइरहेको स्थानिय शासन प्रणालीमा सिमान्कृत समुदायका लागि सशक्तिकरण परियोजना अन्तर्गत फेटा गाउँपालिका वडा नं. १ का ६ वटा बस्तीहरुको सिमान्कृत तथा दलित समुदायका सदस्यहरुको उपस्थितीमा एक का बिच संजाल गठन गरिएको छ ।
सो कार्यक्रममा वडा का ४२ जनाको सहभागीता रहेकोमा सहभागीहरुको आपसी छलफल बाट ३० जनालाई संजालमा आवद्धता गराईएको छ । कार्यक्रमको प्रमुख अतिथी फेटा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष बिगन दास तात्माले गर्नु भएको थियो भने विशिष्ट अतिथीको रुपमा सखी संस्थाका कार्यकारी निर्देशक प्रिन्याका कुमारी कुशवाहा रहेका थिए भने अतिथिमा महिला वडा सदस्य संगिता दासको समेत उपस्थिति रहेका थिए । सहभागीहरुलाई स्वागत मन्तब्य सखीका कार्यक्रम अधिकृत राजेश प्रसाद कुशवाहाले गरेका थिए ।
सखी संस्थाका कार्यक्रम संयोजक राजु कुमार साहले नागरिक अधिकार प्राप्तीको लागि दलित, अपाङ्गगता भएका व्यक्ति, महिला, सिमान्कृत र यौनिक अल्पसंख्यक समुदायका सदस्यहरु र अन्य समुदायका सदस्यहरु बिच एकरुपता कायम गरी सम्वन्धित सरोकारवालाहरु सँग समन्वय गर्ने संजाल गठनको उदेश्य सँगै नेपालको शासन प्रणालीमा सुशासनको अवधारणा, सुशासन सुदृढीकरणका अधारहरु, सिमान्कृत समुदायको हालको अवस्था, बैठक ब्यबस्थापन र संजालका च्याम्पियनहरुले जिम्मेवारी र भुमिका बारेमा प्रस्तुतीकरणको माध्यमबाट छलफल गरेका थिए ।






