श्री गढ़ीमाई मन्दिरमा तोड़फोड़ गर्ने लाई नेजपा द्वारा कारवाहीको मांग

श्री गढ़ीमाई मन्दिरमा तोड़फोड़ गर्ने लाई नेजपा द्वारा कारवाहीको मांग

कलैया ८ माघ

श्री गढ़ीमाई मन्दिरमा तोड़फोड़ गर्ने लाई कड़ा कारवाहीको मांग गर्दै आज नेपाल जनता पार्टी बारा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी वसंत अधिकारी लाई ज्ञापन-पत्र बुझाएको छ।

विश्व भरीका हिन्दूहरुको आस्था केन्द्र एवं नेपालीहरु लाई विश्व जगतमा पहीचान दिलाऊंने एतिहासिक तीर्थ स्थल श्री गढ़ीमाई मन्दिर शक्तिपीठ बरियारपुर हो। यही वर्ष आयोजित पंचवर्षीय गढ़ीमाई मेलामा देश एवं विदेश बाट लाखौ भक्तजनहरुको सक्रिय सहभागीतामा सम्पन् भएको सर्वविदितै नै छ।

श्री गढ़ीमाई मन्दिर बाट बारा जिल्ला बरियारपुर मात्र नभई पुरै देशको विश्वमा पहिचान स्थापित भएको नेजपाको ठहर रहेको छ। केही आपराधिक मानसिकता बोकेको व्यक्तिहरुले योजना बनाई श्री गढ़ीमाई मन्दिरमा आक्रमण गरी तोड़फोड़ संगै अराजक गतिविधि गरेको घटनाले नेजपा लाई चिन्तित बनाएको छ।

उक्त कार्यको नेपाल जनता पार्टी बारा जिल्ला समिति घोर भ्रसना गर्दछ। मन्दिरको गरिमा घटाउने कार्य गर्ने एवं योजनाकार लाई पहीचान गरी कड़ा कारवाही गर्न मांग गर्दछौ। यो घटना लाई सामान्य रुपमा नलिन सीडीओ साहेब लाई नेजपाले आग्रह गर्दछ। मठ मन्दिरमा भक्तजनहरुले चढ़ाएको परेवा कसैलाई समातने र खाने अधिकार छैन।

यो घटनाले सम्पूर्ण हिन्दू समाज लाई मर्माहित बनाएको छ। उक्त घटनाको दोशी लाई कड़ा कारवाही गरी कानूनी राज्यको प्रत्याहूति गराउन नेजपा मांग गर्दछ। दोषी लाई कारवाही नगरीए श्री गढ़ीमाई मन्दिर शक्तिपीठ बरियारपुरको सम्मानका लागी नेजपा बारा जिल्ला समिति आन्दोलन गर्न बाध्य हुनेछ भनी सीडीओ साहेब लाई ध्यानआकर्षक गराएको थीयो।

माघ ३ गते राती उक्त घटना भएको थियो। सीडीओ कार्यालय कलैया गएको ज्ञापन पत्र बुझाऊंने टोलीमा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द महाराज,केन्द्रीय सदस्यहरु प्रहलाद साह कलवार, गोपाल दास, पारस दुबेदी, अरुण चौधरी, बारा जिल्ला अध्यक्ष कृष्णा शुक्ला,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानू, कार्य समिति सदस्यहरु प्रमोद शर्मा, सुमंत कुमार दीप,अंशु कुमार प्रजापति, पीयूस गुप्ता, बारा जिल्ला समिति सदस्यहरु नीपू शुक्ला, निर्मला चौधरी, हिन्दूवादी अगुवाहरु गोपी चौधरी, सोनालाल साह सहभागी रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।