सनलाईट स्कुल/कलेजको २१ औ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

स्कूलले विद्यार्थीहरुलाई शिक्षा संगै राम्रो संस्कार पनि दिएको छ : प्रो. गुप्ता

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको सनलाइट स्कुल/ कलेजले मंगलबार आफ्नो २१ औं वार्षिकोत्सव एक भव्य समारोहका बीच सम्पन्न गरेको छ ।
स्कूल परिसरमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै प्रोफेसर महेन्द्र प्रसाद गुप्ताले यो स्कुल तथा कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुमा उच्च शिक्षा संगै संस्कार संस्कृतिले भरिएको बताए । विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सफल रहेकोले बाकी अभिभावकले पनि विद्यार्थीहरुलाई निगरानीमा राख्न अति आवश्यक रहेको प्रोफेसर गुप्ताले बताए ।
सो कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस चिफ डा. उमेश चौरसियाले अबको शिक्षा प्रविधिक धारतर्फ उन्मुख हुन आवश्यक रहेकोमा जोड दिए । उनले, हिजोको शिक्षा प्रणाली भन्दा फरक जानुपर्ने समय आएको चर्चा गर्दै यसले विद्यार्थीहरु रोजगार हुनुका साथै राष्ट्रको पनि विकास हुने भएकोले त्यसतर्फ अगाडि बढ्न अति आवश्यक रहेको बताए ।सनलाईट कलेजका संचालक डिके चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता, एसआर ग्यालेक्सी स्कुलका प्रिन्सिपल शर्मानन्द कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, लिटिल एन्जल स्कुलका डाइरेक्टर मनि पाख्रिङ्ग, गौतम स्कुलका डाइरेक्टर सोनम लामा, शिक्षक बलराम श्रेष्ठ लगायत अभिभावक, विद्यार्थी एवं सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तब्य सनलाइट स्कुलका प्रिन्सिपल आलोक चौरसियाले गरेका थिए भने सहजिकरण स्कूलका राजन चौरसियाले गरेका थिए ।वार्षिकोत्सव कार्यक्रममा स्कूलका विद्यार्थीहरुले विभिन्न भेषभुषामा सजिएर नृत्य, नाटक, झाकी तथा सांस्कृति कार्यक्रम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।