परराष्ट्रमन्त्री डा. राणा नयाँदिल्लीमा, राइसिना डायलगमा सहभागी हुने
परराष्ट्रमन्त्री डा. राणा नयाँदिल्लीमा, राइसिना डायलगमा सहभागी हुने

मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्
फागुनब२९ काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् ।
भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् ।
मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ । उहाँले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रमका दौरानमा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।
राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार नयाँदिल्ली पुगेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए । अनलाइन खवर






