प्रधानाध्यापक नै कक्षा ८ को परीक्षा दिँदै
प्रधानाध्यापक नै कक्षा ८ को परीक्षा दिँदै

नेपालगन्ज ७ चैत्र
बिहीबारदेखि सुरु भएको कक्षा ८ अर्थात् आधारभूत तहको परीक्षामा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसाका प्रधानाध्यापक प्रअ समेत परीक्षामा सहभागी भएका छन् । नेपालगन्ज–१९ स्थित ज्यामिया इस्लामिया रजाय मुस्तफाका प्रधानाध्यापक नइमुद्दीन खाँ उक्त परीक्षामा सहभागी भएका हुन् ।
उनले कन्या माध्यमिक विद्यालयबाट आधारभूत तहको परीक्षा दिइरहेका छन् । मदरसा शिक्षाबाट मौलाना डिग्री गरेका उनले सामुदायिक विद्यालयबाट अध्ययन सुरु गरेका छन् । यति मात्र होइन उनले उच्च शिक्षा हासिल गरी लोकसेवा परीक्षाबाट सरकारी जागिरमा प्रवेश गर्ने लक्ष्य लिएका छन् ।






