ठाकुर राम क्याम्पसको मतगणना सुचारू गर्न पर्साका सम्पुर्ण राजनीतिक दलहरू एक मत

ठाकुर राम क्याम्पसको मतगणना सुचारू गर्न पर्साका सम्पुर्ण राजनीतिक दलहरू एक मत

वीरगंज, ११चैत्र

ठाकुर राम क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको रोकिएको मतगणना सुचारू गर्न पर्साका सम्पुर्ण राजनीतिक दलहरू एकमत भएका छन ।

आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा पर्साका सम्पुर्ण राजनीतिक दलहरू एक मत भएका हुन् ।

बैठकमा फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कारबाही गर्न र मतपेटिकाको नम्बर परिवर्तनको विषयमा सत्यतथ्य सार्बजनिक गरेर मतगणना लाई तुरुन्तै सुचारू गर्न सबै पार्टी प्रतिनिधिहरू एकमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला सभापति हरि पन्तले बताए । बाकसमा खसेको मतको ससम्मान गन्ती हुनुपर्नेमा कसैको पनि फरक मत नरहेको पन्तले बताए ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्नामा दोषी देखिएका जोकोहीलाई पनि कारबाही गर्न प्रशासन पछि नपर्ने बताए । उनले फर्जी प्रमाणपत्रको जडसम्मै पुगेर निर्मम रूपमा कारबाही अगाडि बढाइने बताए ।

मतपेटिका सुरक्षाका बिषयमा उठेका सबालमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी १३ न गण का गणपती राधेश्याम धिमालले यश सम्बन्धमा कुनै पनि किसिमको गम्भीर त्रुटि नरहेको स्पष्ट पारे । एसपिद्वयले क्याम्पसको सम्पुर्ण सिसिटिभी फुटेज पनि आफुहरु संग सुरक्षित रहेको स्पष्ट पारेका थिए ।

बैठकमा एमाले पर्सा अध्यक्ष डा विश्वम्भर शर्माले सबैले आआफ्नो भातृ संगठनहरूलाइ यस बिषयमा आफुहरूले प्रष्ट पार्ने बताए ।

बैठकमा नेपाली कांग्रेसका पर्साका प्रवक्ता रमेश पाण्डे, नेता नवीन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका सिगासन साह तेली, तबरेज अहमद, माओवादीका प्रभाकर गुप्ता, समाजवादीका मनोज चौधरी लगायत नेताहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।