धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ, २५ चैत

खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताउनु भएको छ ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।मन्त्री यादवले भन्नुभयो, “धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।”

मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफु पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिनु भएको थियो ।
नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि वजेट विनियोजन गरि दिनका लागि मात्रपत्र बुझाउनु भएको थियो ।

गर्मी मौषम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सृजना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको नगरप्रमुख राई बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी मौषम सुरु भएकाले झन समस्या भयो, स्थायी रुपमा पानीको समस्या समाधनका लागि वजेट माग गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।