पाकिस्तानमा आक्रमणबारे भारतले के भन्यो ?
पाकिस्तानमा आक्रमणबारे भारतले के भन्यो ?

बैशाख २४ बुधबार
काठमाडौं : पाकिस्तान आक्रमणपछि भारतले पत्रकार सम्मेलनको आयोजना गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा भारतले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकार प्रयोग गरेको उल्लेख गरेको छ।
भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा आतंकवादी पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। भारतका विदेश सचिव विक्रम मिश्रीले भने,‘भारतको कारबाही केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक रहेको छ।’
उनले पहलगाम आक्रमण अत्यन्तै बर्बर भएको पनि बताए। उनले आक्रमणको उद्देश्य जम्मू कश्मीरको सामान्य अवस्थालाई बिगार्नु रहेको बताए।
मिश्रीले पहलगाम आक्रमण केन्द्र शासित प्रदेशको विकासलाई हानि पुर्याएर पछाडि राख्नु रहेको बताए। उनले देशमा साम्प्रदायिक दंगा भड्काउने प्रयास पनि गरिएको बताए। उनले भने,‘पहलगाम आक्रमणको अनुसन्धानले आतंककारीहरूको पाकिस्तानसँगको सम्बन्ध उजागर गरेको छ।’
पाकिस्तानको आतंकवादी पूर्वाधारलाई समाप्त गर्न कुनै कदम नचालेको उनले बताए।
पहलगाम आक्रमणपछि संयुक्त राष्ट्र संघले एक विज्ञप्ति जारी गरेको भन्दै मिश्रीले आज राति भारतको कारबाही यसै सन्दर्भमा हेर्नुपर्ने बताए। संभार: अन्नपूर्णपोस्ट






