बिरगंजका होटल तथा पर्यटन ब्यबसायीहरु लाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह
बिरगंजका होटल तथा पर्यटन ब्यबसायीहरु लाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

वीरगंज २४ बैशाख
बिरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरुलाइ करको दायरामा आउन आग्रह गरेका छन ।
आज महानगरपालिकाको आफ्नै कार्यकक्ष आयोजित होटल तथा पर्यटन ब्यबसायीहरु संगको भेटघाट एबम छलफल कार्यक्रममा महानगरका प्रमुख राजेश मान सिंहले उक्त आग्रह गरेका हुन । प्रमुख सिंहले समग्र बिरगन्जको बिकासको निम्ति कर तिरेर आ -आफ्नु जिम्मेवारी पुरा गर्न पर्यटन ब्यबसायीहरु लाइ विशेष अनुरोध गरेका थिए । उक्त छलफलमा कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले महानगरका अधिकांस ब्यबसायीहरु करको दायरामा आइसकेको र नआएका ब्यबसायिहरु पनि करको दायरामा आउन सकारात्मक रहेका बताए । अध्यक्ष पन्तले सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरु बिरगंजको बिकासको निम्ति महानगरसंग सहकार्य गर्न तयार रहेका पनि बताए । अध्यक्ष पन्तले कर तिर्नु ब्यबसायिहरुको दायित्व पनि भएकोले सबै होटल तथा पर्यटन ब्यबसायीहरु लाई अनिवार्यरूपमा करको दायरामा आउन आग्रह गरिने बताए ।
उक्त भेटघाट तथा छलफलमा महनगरका उपप्रमुख इम्तियाज आलम कर शाखाका अधिकृत लगायत होटल तथा पर्यटन ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष रचिन्द्र थापा , महासचिव माधब बस्नेत लगायतका होटल एबम पार्टी प्यालेस ब्यबसायिहरु सहभागी थिए ।






