प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ४ जेष्ठ

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रसाईंलाई चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।