केवलकार बनाउने दुस्साहस भए, बिद्रोह हुन्छ-राजेन्द्र महतो

केवलकार बनाउने दुस्साहस भए, बिद्रोह हुन्छ-राजेन्द्र महतो

मुक्कुमलुङ ताङसे:प चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलिय संघर्ष समिति द्वारा आज काठमाडौको चुम्लुङमा भएको पत्रकार सम्मेलनमा पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल का अध्यक्ष राजेन्द्र महतोले मुक्कुमलुङमा केवलकार निर्माण थाले अनर्थ हुन्छ, लिम्बु लगायत उत्पीडितहरुले बिद्रोह गर्छ, नश्लवादीको पतन शुरु हुन्छ र यसको सम्पुर्ण जिम्मेवारी राज्यको हुनेछ ।
देशमा औपनिवेशिक एकल राष्ट्र राज्य शासन भएकोले बहुल संस्कृति माथि आक्रमण भएको हो । खोट राज्यको संरचनामा छ, शासन पद्धतिमा छ । यो सभ्यता र संस्कृति बिरोधि राज्य हो । सभ्यता र संस्कृति मासेर बिकास हुँदैन, झन बिनास हुन्छ उहाँले भन्नुभयो । सबै समस्याको समाधान गर्न राज्यको एकल चरित्र बाट बहुल बनाउनु जरुरी छ । राज्यको चरित्र अनुसार अदालत पनि हुने हो । आदालतलाई सोधेर वा कानुन सम्झेर हिजो आन्दोलन गरेको होइन, अदालतले त भएको कानुन अनुसार फैसला गर्ने हो। हाम्रो भनाइ कानुन नै बिभेदकारी छ भन्ने हो । भएको संविधानको पनि बिपरित छ भन्ने हो। त्यसकारण कोहि हौसिएर मुक्कुमलुङलाई बिकृत बनाउने गरी केवलकार निर्माणको प्रयास सहै हुनेछैन, उहाँले भन्नुभयो । मैले मुक्कुमलुङ पुगेर त्यहाँको पबित्र माटो हातमा उठाएर कसम खाएको छु, देबि संग आशीर्वाद थापेको छु। त्यहाँको पबित्रतामा कुनै आच आउन नदिन लिम्बू संगै लडेको छु, लडिरहने छु। केवलकार बनाउन खन्ने खाडलमा नै अब नश्लिय ओलि प्रवृत्ति पुरिने उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा. डा. महेन्द्र लावतीले मुक्कुमलुङमा केवलकार बनाउने नाममा करोडौंको भ्रष्टाचार भएको छ । अझै भ्रष्टाचार गर्न र भ्रष्टाचारी हुन बाट जोगिन त्यहाँ केवलकार बनाउन चाहेको उहाँले बताउनु भयो। कार्यक्रममा संविधान सभसद राजकुमार नाल्बो, जनमुक्ति पार्टीका सन्जुहाङ पालुङ्वा, श्रीलिन्खिम लगायतले मन्तब्री राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।