माधव नेपाल सहित पूर्वप्रधानमन्त्रीहरुबाट मुलुक समृद्ध नहुने, अब टाटा वाईवाई गरौँ : साह

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष सुभाष साहले प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वप्रधानमन्त्रीहरुबाट मुलुकमा संकट बढदै जाने र आर्थिक अवस्था झनझन विग्रिने निश्चित भएकाले उनीहरुलाई ‘पूर्वप्रधानमन्त्री कल्ब’ बनाएर त्यसैमा राख्नुपर्ने टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक संजाल फेसबुक पेजमा साहले अहिलेका प्रधानमन्त्री सहित पूर्वप्रधानमन्त्रीहरुबाट मुलुक अगाडी बढन नसक्ने र मलुक समृद्ध बन्न नसक्ने दावी गर्दै यस्तो लेखेका छन् । उनले प्रधानमन्त्री ओली सहित पूर्वप्रधानमन्त्रीहरुलाई ‘टाटा वाईवाई’ गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको नेतृत्वमा पुगेपछि भ्रष्टाचार, कुशासन, अनियमितता बढदै जाने समेत साहले जनाएका छन् ।
ओली अहिले प्रधानमन्त्री छन् भने अन्य नेताहरु पूर्वप्रधानमन्त्री हुन् । यि नेताहरुले अझै मुलुकको नेतृत्वमा पुग्ने रहर र प्रयास जारी राखेकाले मुलुक समृद्ध हुन नसक्ने बताउदै साहले युवा नेतृत्वबाटै मात्रै अब मुलुक समृद्ध हुने जनाएका छन् ।
साहले सामाजिक सञ्जालमा लेखेका छन्,
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्कपमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई सहितका नेताहरुबाट मुलुक अगाडी बढन सक्दैन, समृद्ध बन्न सक्दैन । मुलुकमा संकट बढदै जाने, आर्थिक अवस्था झनझन विग्रिने निश्चित छ । भ्रष्टाचार, कुशासन, अनियमितता बढदै जाने हो । त्यसैले यि नेताहरुलाई पूर्वप्रधानमन्त्रीको कल्ब बनाएर त्यसमा राख्नुपर्ने र आवश्यक्ता अनुसार सल्लाह लिनुपर्ने हुन्छ । मुलुकको नेतृत्व युवाले गर्नुपर्छ । यि नेताबाट आश गर्नु बेकार हो, यि नेतालाई टाटा वाईवाई गरौं । त्यसैले बेलैमा सोचौं है । अहिलेलाई जय नेपाल ।’






