विभिन मुद्दामा फरार रहेका वडा अध्यक्ष कुशवाहा पक्राउ

विभिन मुद्दामा फरार रहेका वडा अध्यक्ष कुशवाहा पक्राउ

बारा ११ जेष्ठ

विभिन्न मुद्दामा फरार रहेका एक जना वडा अध्यक्षलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने प्रसौनी गाउपालीका वडा नम्वर ६ का वडाअध्यक्ष बृजकिशोर कुशवाहा रहेको छ ।

बारा जिल्ला अदालतले चेक अनादर तीन हजार , कुटपिट मुद्दामा दई हजार र आर्थिक लाभ मुद्दामा एक हजार जरिवाना गरेकोमा फरार रहेका कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

कुशवाहालाई आफ्नै गाउँ घरमा लुकिछिपी बस्दै आएको अवस्थामा ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ परेको हो । प्रहरीले कुशवाहालाई बारा जिल्ला अदालत कलैयामा बुझाएको जनकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।