नगर प्रमुख गोकर्ण पाठक को आडमा शिक्षक घिमिरे पदिय दुरुपयोग
नगर प्रमुख गोकर्ण पाठक को आडमा शिक्षक घिमिरे पदिय दुरुपयोग

पर्सागढीं १७ असार
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय पकडिया बढनिंहार का उच्च मा बि शिक्षक माधव प्रसाद घिमिरे ले बिहान स्कुल ६:३० बजे देखि दिउँसो ११:३० सम्म संचालन भैरहेको समयमा घिमिरे बिहान ६:३० मा हाजिर गरेर अन्त बिरगंज स्थित स्कुलमा गए अध्यापन गराइरहेका स्थानीयहरूको भनाइ रहेको थियो।
हाजिर गरे लगत्तै शिक्षक घिमिरे तीन घण्टा बीरगंज स्थित स्कुलमा पढाउन गइहाल्छन् भन्ने स्थानीयहरू बताइरहेका थिए।
स्थानीय का अनुसार एक दुई दिन को कुरा छैन महिनौ देखि यो शिक्षक को यस्तै क्रियाकलाप रहेको ले आज हामी प्र अ खोकराज आर्याल लाई सोध्न आएको स्थानीय बताउँछन्। उनी लगायतका अझै दुई जना नियुक्त भए देखी नै बिवाद चलीरहेको छ ।
घिमिरे नगर प्रमुख गोकर्ण पाठक का ज्वाईं रहेका हुन् उन लाई नियम बिपरित नियुक्त गरीएको छ भनेर वडा नं ३ का वडा अध्यक्ष सुकमान तामाङ्गले नियुक्त बदर गर्ने को लागि उच्च अदालतमा मुदा समेत गरेका छन।
घिमिरे बारे स्कुल का प्र .अ खोकराज आर्याल संग बुझदा उनले भने मलाई केहि जानकारी नै नदि उहाँ जानु हुन्छ । उहाँ आउनुहुन्छ बिहान हाजिर गर्नुहुन्छ लगत्तै बाहिर जानुहुन्छ र पछि फेरि आउनुहुन्छ पढाउन को लागि।
आज बिहान पनि उहाँले हाजिर गरेर जानुभयो र पछि म बिरामी भएको हुनाले आउन नसक्ने म्यासेज मेरो मोबाइलमा पठाउनुभएको छ।
यस सम्बन्धमा शिक्षक माधवप्रसाद घिमिरेसँग बुझ्दा उनले भने म आज बिहान हाजिर गरेका थिए तर दाँतको औषधि गराउन गए उपचार गराउँदा बोल्ने अवस्था नभएपछि प्र अ लाई मैले मोबाइल मार्फत आउन सक्दिन भनेर जानकारी गरेको छु।
थिए म उच्च माविको शिक्षक भएर पनि मावि मा पनि पढाउने काम गर्छु। सबैभन्दा बढी म नै क्लास लिने काम गर्छु। जब कि म उच्च माविको हो भने म उच्च माविमा नै पढाउँथे। तर पनि म स्कुलमा शिक्षकको अभाव भएको हुनाले नि.मा.विहरुमा पनि क्लास लिने गरिरहेको बताए।




