बहुदरमाईमा डिप बोरिङ्गको पानीबाट राहत पाउँदै जनता, खानेपानी मन्त्रीले दिए थप १० थान बोरिङ्ग

बहुदरमाईमा डिप बोरिङ्गको पानीबाट राहत पाउँदै जनता, खानेपानी मन्त्रीले दिए थप १० थान बोरिङ्ग

असार, २९ वीरगंज

पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न गाउँहरूमा डिप बोरिङ्ग जडान भएसँगै स्थानीय बासिन्दाहरू खानेपानी अभावबाट राहत पाउन थालेका छन् ।

हालका दिनहरूमा परम्परागत रुपमा चलनचलतीमा रहेका चापाकल सुक्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साहको पहलमा भौराटार, बिश्रामपुर, छपकैया, पदमौल, गम्हरिया, नगरदाहा, पिपरा लगायतका स्थानहरूमा डिप बोरिङ्ग जडान गरिएको छ ।

स्थानीय स्यामबाबु यादवका अनुसार, एक डिप बोरिङ्गबाट सयौं घरपरिवारले दैनिक नुहाउने, खानेपिउने, खाना पकाउने तथा कपडा धुने कार्यका लागि पानी उपभोग गरिरहेका छन् । उनका अनुसार, नगरपालिका भरि फैलिएका डिप बोरिङ्गहरूले हजारौं घरपरिवारलाई पानीको सुविधा पु¥याएको छ ।

चापाकल सुक्ने समस्याको दीर्घकालीन समाधान स्वरूप मेयर साहले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवसँग समन्वय गरी थप १० थान डिप बोरिङ्ग जडान गराएका छन् । तीमध्ये अधिकांश छपकैया, बिश्रामपुर, गम्हरिया लगायतका क्षेत्रमा जडान भइसकेका छन् ।

यति मात्र नभई, नगरपालिकाका प्रत्येक वडामा हाल भ्यानमार्फत पानी वितरण गरिँदै आएको छ । पदमौल, गम्हरिया, नगरदाहा क्षेत्रमा भने डिप बोरिङ्गबाट घरघरमा धारा जडान गरी नियमित पानी आपूर्ति भइरहेको छ ।

मेयर सिंगासन साहका अनुसार, आगामी दिनमा नगरपालिकाका सबै घरमा धारा जडान गरी व्यवस्थित रुपमा पानी वितरण गर्ने योजना रहेको छ । पानी अभावले सताइएका जनतालाई डिप बोरिङ्गमार्फत सहज सेवा प्रदान गर्न सकिएकोमा नगरवासी सन्तुष्ट देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।