सम्पादक रामपुकार यादवलाई ज्यान मार्ने धम्की दिने माथि कडा कारवाही गर्न पत्रकार महासंघको माग

वीरगंज ५ साउन । प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादव माथि भएको दुव्र्यवहार तथा ज्यान मार्ने धम्की विरुद्ध नेपाल पत्रकार महासंघ मधेश प्रदेश र सिरहा शाखाले छुटा–छुटै प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीहरु माथि अबिलम्ब कडा कारवाहीको माग गरेको छ ।
विष्णुपुर गाउँपालिकाको बेतिथिहरु बारे समाचार लेखेकै कारण साउन १ गते राति करिब ९ बजेको समयमा स्थानिय सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादव माथि गालीगलौज, दुव्र्यवहार र फोन मार्फत ज्यान मार्ने धम्की दिएका थिए ।
विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार लेखेकै कारण युवा पत्रकार यादव माथि गरिएको यस प्रकारको हमला अत्यन्त निन्दनीय र आपत्तिजनक रहेको पत्रकार महासंघको ठहर रहेको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति र पत्रकार महासंघ सिराहा शाखाका सचिव मुकेश कुमार यादवले जारी गर्नु भएको विज्ञप्तिमा घटनाको घोर भत्र्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकाय सँग माग गरिएको छ ।
समाचार प्रति असहमति भए कानुनी प्रक्रिया अवलम्बन गर्नसकिने बिकल्प हुँदाहुँदै पनि धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो अस्तक्षेप भएको भन्दै महासंघले यस्ता आक्रमण कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा एकजुट हुन विज्ञप्ति मार्फत आह्वान समेत गरेको छ ।





