आजपाको प्रसौनी गाउँपालिका कमिटीको अध्यक्षमा मनोज कुशवाहा

कलैया २५ साउन । आम जनता पार्टी (आजपा) बाराको प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको छ । मनोज कुशवाहाको अध्यक्षतामा ७७ सदस्यीय प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको हो ।
आजपा बारा जिल्ला अध्यक्ष राजकिशोर साहका अनुसार कमिटीका उपाध्यक्षमा हरिन्द्रप्रसाद कुशवाहा, दिपेन्द्र साह, हृदय चौरसिया, उमेश कुशवाहा, सचिवमा रुपेश कुशवाहा, सहसचिवमा मुकेश कुशवाहा, संदिप कुशवाहा, सहिम मियाँ र कोषाध्यक्षमा बन्दना गुप्ता कानु रहेका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा शिवनन्दन प्रसाद कुशवाहा, विकेश कुशवाहा, मोसाफिर चौरसिया, असर्फी चौरसिया, नागेश्वर चौरसिया, रामअयोध्या कुशवाहा, शम्भु साह, दिपेन्द्र साह, शिवनाथ साह, दैव्यकुमार कुशवाहा, रुसतम अंसारी, विवेक कुशवाहा, मनोज कुशवाहा, विपिन यादव, त्रिलोकी सहनी, सुनिल मण्डल, ओमप्रकाश मण्डल, जवाहिर चौरसिया लगायतका रहेको इन्चार्ज गणेश रामले जनाएका छन् ।
प्रसौनि गाउँपालिका कमिटीद्धारा आयोजित पालिका भेलालाई सम्बोधन गर्दै आजपा प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले किसानलाई मल, खाद्य एवं विउविजन उपलब्ध गराउँन सरकारसंग माग गरेका छन् ।
समयमै पानी नपर्दा किसानले धान बाली लगाउन ढिलाई भएको र मलखाद्य समेत उपलब्लध नहुँदा किसानको बारेमा सरकार गम्भिर नभएको टिप्पणी उनले गरे । सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि कुनै राहतको योजना नल्याउदा किसानलाई ठग्ने काम सरकारले गरेको कुशवाहाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।