सनातन हिन्दू राष्ट्र एक मात्र विकल्प हो, २०८४मा मधेश प्रदेश सरकारको नेतृत्व नेजपाले गर्छ – वरिष्ठ नेता संतोष पटेल 

सनातन हिन्दू राष्ट्र एक मात्र विकल्प हो, २०८४मा मधेश प्रदेश सरकारको नेतृत्व नेजपाले गर्छ - वरिष्ठ नेता संतोष पटेल 

जनकपुरधाम १ भदौ

नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोष पटेलले जनकपुरधाममा संचारकर्मीहरु संग कुराकानी गर्दे सनातन हिन्दू राष्ट्र नेपाल स्थापना एक मात्र विकल्प रहेको बताए।

सम्पूर्ण नेपालीहरुको साझा पहिचान एवं सबै लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र-धर्म-निरपेक्षताको आड़मा केवल हिन्दू समाज लाई टारगेट गर्ने, धर्म संस्कृति मासने, गौ हत्या, धर्म परिवर्तन,लब जिहाद, धर्म गुरु माथी आक्रमण, मठ मन्दिर माथी कु दृष्टि, हिन्दूवादी संघ संस्था प्रति राज्यको पूर्वाग्रही व्यवहार, धार्मिक कार्यमा तीन तह सरकारको सौतेला व्यवहार लगाएतका उदाहरणहरु प्रयाप्त छन।

पटेलले भने अब आम नेपाली आमाबुवा, दाजूभाई, दीदीवहीनीहरुले किता किलियर गर्नु पर्छ की धर्म रक्षा गर्नेको साथ दिने की धर्म बेचुआको पछी लागने एउटा प्रश्न खड़ा भएको छ। हिन्दू राष्ट्रको लागी कार्य गर्ने हरेक तह-तपका व्यक्ति वा समूह लाई नेजपाले साथ सहयोग गर्ने छ।

एक फरक प्रसंगमा वरिष्ठ नेता संतोष पटेलले भने २०८४ सालको चुनावमा तीन तह मैं नेजपाको उपस्थिति हुनेछ र मधेश प्रदेश सरकारको नेतृत्व नेजपाले गर्छ भनी दावी गरेका थिए। साथै जनकपुरधाम र जलेश्वरमा नेपाल जनता पार्टीका अगुवा कार्यकर्ता संग भेंटघाट र भावी कार्यक्रम बारे छलफल गरेका थिए।

भेंटघाट कार्यक्रममा नेपाल जनता पार्टी केन्द्रीय सदस्यहरु राम उजैन राय यादव, बंदना पाण्डेय, मधेश प्रदेश अध्यक्ष शत्रुध्न साह, प्रवक्ता संतोष साह, युवा नेता राम सिंह, महोतरी जिल्ला अध्यक्ष विजय साह, उपाध्यक्ष बसंत सिंह, वरिष्ठ सल्लहकार विनय मिश्रा लगाएत हिन्दूवासी संघ संस्थाका प्रतिनिधि समेत सहभागी रहेका थीए।

साथै वरिष्ठ नेता पटेलले नेपालीहरुको सुख, शान्ति, समृद्धि एवम् सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु ऐतिहासिक तीर्थ स्थल श्री जानकी मन्दिर जनकपुरधाम, श्री राजदेवी भगवती मन्दिर, श्री राम मन्दिर, श्री हनुमान मन्दिर, श्री जलेश्वर नाथ महादेव मन्दिरमा पूजापाठ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।