टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

कैलाली ८ टिकापुर

राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ। भव्य उपस्थितिसहित सम्पन्न उक्त भेलाका प्रमुख अतिथि अभियानका केन्द्रीय संगठन महामन्त्री हर्क स्वार रहेका थिए।

भेलाले दिर्घ बहादुर निरुवाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ। नवगठित नगर समितिमा उपाध्यक्ष पूर्ण बहादुर रावल, सचिव रमेश बि.क., कोषाध्यक्ष हिकमत रावल, सह–सचिव सिद्धराज ठकुला रहेका छन् भने सदस्यहरूमा करण ओड, रमेश तीखातरी, प्रहलाद रावल र रहनुभएका छन्।

यसैगरी, बैठकले नगर स्तरका अनुभवी व्यक्तित्वलाई अभियानको मार्गदर्शन तथा सुझावका लागि नगर सल्लाहकार समिति पनि गठन गरेको छ। सो सल्लाहकार समितिमा भीम बहादुर कार्की, प्रिनियल जनाला, सुनीता देवी वावली र भरत ब. बूढा रहनु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वारले राष्ट्रिय एकता अभियानले गाउँ–नगरदेखि केन्द्रसम्म संगठन विस्तारलाई तीव्रता दिएको र जनतामाझ अभियानका मूल धारणा पुर्याउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले हिन्दू संस्कृति, राष्ट्रिय एकता र सामाजिक समरसता अभियानका प्रमुख एजेन्डा भएको पुनः स्मरण गराउनुभयो।

नवगठित नगर समितिका अध्यक्ष दिर्घ बहादुर निरुवाले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै टिकापुरलाई अभियानको बलियो केन्द्र बनाउने प्रतिज्ञा गर्नुभयो।

भेला विभिन्न स्थानीय अगुवाहरू, युवाहरू र महिला प्रतिनिधिहरुको सक्रिय सहभागितासहित सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।