प्रगतिशील युवा क्लबको २५ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
प्रगतिशील युवा क्लबको २५ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बीरगन्ज,१४ भदाै
आज प्रगतिशील युवा क्लबले आफ्नो २५औँ वार्षिक उत्सवको अवसरमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रगत दान गरेका छन्। सहभागीमध्ये एक महिला पनि रहेकी थिइन्।
क्लबका अध्यक्ष ईश्वरचन्द्र यादवले रक्तदानलाई जीवन बचाउने महान् कार्य भन्दै सबै दाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले समाजसेवामा निरन्तर सक्रिय रहँदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य परीक्षण, रक्त संकलन प्रक्रिया र रक्तदानपछि अपनाउनुपर्ने आवश्यक सावधानीबारे जानकारी दिने व्यवस्था गरिएको थियो। क्लबका सदस्यहरू स्वयंसेवकका रूपमा व्यवस्थापनमा खटिएका थिए।
रक्तदानसँगै क्लबले जनचेतना कार्यक्रम सञ्चालन गरी समुदायमा रगतको आवश्यकता र महत्वबारे जानकारी फैलाएको छ। आयोजकहरूको विश्वास छ, यस्तो अभियानले समाजमा जीवनदायिनी रक्तदानप्रति अझ उत्साह जगाउनेछ






