रुपन्देही – ३ मा उम्मेदवार बन्दै आनन्द शर्मा
रुपन्देही - ३ मा उम्मेदवार बन्दै आनन्द शर्मा

रुपन्देही क्षेत्र नम्बर– ३ मा हुन लागेको उपनिर्वाचनमा आनन्द शर्माले उम्मेदवारी दिने घोषणा गरेका छ्न । तर कुन दलबाट चुनाव लडने भन्ने कुरा अहिले खुलाएका छैनन् ।
देशमा बगिरहेको भ्रष्टाचारको समुन्द्रमा बिकासको गंगा बहाउनको निमित्त एवं अन्याय र अत्याचारको विरुद्ध र रुपन्देहीका जनतालाई रोजी रोजगार दिलाउनको निमित्त आफुले उम्मेदवारी दिने निर्णय गरेको शर्माले बताएका छ्न ।
रुपन्देही क्षेत्र नं. ३ का जनताहरु, आफ्ना आफन्त, ईष्ट-मित्र, संचारकर्मी, तथा यस उपनिर्वाचन संग सरोकार राख्ने सम्पुर्ण व्यक्तित्वहरुलाई यस उपनिर्वाचनमा सहयोग, साथ, समर्थन एवं आशीर्वाद दिनुहुनको लागि समेत शर्माले अनुरोध गरेका छ्न ।
शर्मा बारा जिल्ला स्थित कलैया उपमहानगरपालिका –६ निवासी हुन् । संचारकर्मीको रुपमा करिब १५ वर्ष बिताएका उनी हाल संचार उधमीको रुपमा एवं आफ्नै व्यवसायमा सक्रिय रहेका छ्न ।






