संविधान दिवस र हाम्रो दृष्टिकोण : विनय यादव

संविधान दिवस र हाम्रो दृष्टिकोण : विनय यादव

आज हामी संविधान दिवस मनाइरहेका छौं। बिक्रम संबत २०७२ सालमा संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको ऐतिहासिक दिनलाई हामीले प्रत्येक वर्ष स्मरण गर्दै आएका छौं। यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रूपरेखा निर्माण गर्दै देशलाई स्थायी राजनीतिक दस्तावेज दिएको कुरा निर्विवाद छ।

तर, यो संविधानसँगै केही गम्भीर असहमति पनि रहेका छन्। विशेषगरी धर्मनिरपेक्षताको प्रावधानले नेपाली जनताको भावना र हाम्रो ऐतिहासिक पहिचानलाई अपमान गरेको छ। नेपाल हजारौं वर्षदेखि सनातन हिन्दू संस्कृतिको धरोहर बनेको राष्ट्र हो। यही सत्यलाई अस्वीकार गर्दै गरिएको धर्मनिरपेक्षताको थोपलाले संविधानलाई अपूर्ण बनाएको छ।

हाम्रो अडान र माग

राष्ट्रिय एकता अभियानले सुरु दिनदेखि नै नेपाललाई “संघीय हिन्दू गणतन्त्र” को रूपमा स्थापित गर्नुपर्ने माग राख्दै आएको छ। संविधान २०७२ जारी भएको दिनमै मैले सार्वजनिक रूपमा धर्मनिरपेक्ष धारा जलाएर विरोध प्रदर्शन गरेको कुरा आज पनि सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई स्मरण छ। त्यो दिनदेखि अहिलेसम्म हाम्रो अभियान अविराम रूपमा अघि बढिरहेको छ।

हामी ठानछौं — नेपाल बहुसंख्यक हिन्दूहरूको आस्था, विश्वास र संस्कृतिमा टेकेको राष्ट्र हो। यसकारण नेपाललाई हिन्दू राष्ट्रको पहिचानसहित गणतान्त्रिक स्वरूपमा अघि बढाउनुपर्छ। संविधानको धर्मनिरपेक्ष धारा हटाइएर मात्र जनताको वास्तविक भावना प्रतिबिम्बित हुन्छ।

संविधानप्रतिको हाम्रो दृष्टिकोण

हामीले धर्मनिरपेक्षताको प्रावधानलाई अस्वीकार गरेका छौं तर संविधानका अन्य प्रावधान र उपलब्धिहरूलाई भने स्वागत गरेका छौं। संघीयता, गणतन्त्र र जनअधिकारका पक्षमा राष्ट्रिय एकता अभियान दृढ छ। तर, संविधानलाई अझै जनभावनासँग नजिक ल्याउन आवश्यक पर्ने संशोधन अब ढिला नगरी हुनुपर्छ।

हाम्रो सन्देश

संविधान दिवसले हामीलाई उपलब्धिहरूको रक्षा गर्ने र कमजोरी सच्याउने प्रेरणा दिनुपर्छ। आजको दिनमा म सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई आह्वान गर्न चाहन्छु — आउनुहोस्, हामी सबै मिलेर धर्मनिरपेक्ष धारा खारेजीका लागि आवाज बुलन्द गरौं, नेपाललाई फेरि पनि हिन्दू गणतन्त्र घोषणा गरौं। यही हो हाम्रो इतिहास, हाम्रो संस्कृति र हाम्रो पहिचान जोगाउने बाटो। लेखक हिन्दुवादी नेता एवं राष्ट्रिय एकता अभियानका केंद्रीय अध्यक्ष हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।