यातायात वीरगंजका अधिकृत विश्वनाथको करोडौंको सम्पत्ति, नियमनकारी निकाय मौन !

अजय चौरसिया /
वीरगंज ८ असोज । यातायात व्यवस्था कार्यालय वीरगंजमा वर्षौ दिन देखि अड्डा जमाएर बसेका अधिकृत विश्वनाथ यादवले करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिएको चर्चा चल्न थालेको छ ।
छैठौ तहका अधिकृत यादवले सवारी चालक अनुमति पत्र शाखामा सवारी चालक अनुमति पत्रको नविकरण, प्रतिलिपि, प्रमाणिकरण लगायतका कार्यहरुमा सेवाग्रहीहरुलाई पहिला झुलाउने अनि घुसको रकम पाएपछि मात्र काम गर्ने प्रवृति अधिकृत यादवमा रहेको जानकारहरु बताउंदछन् ।
पछिल्लो समय सवारी चालक अनुमति पत्रको लिखित प्रमुख भएर अनुमति पत्र शाखालाई बदनाम गर्दै मनोपोली तरिकाले सेवाग्रहीहरु सँग रकम असुलेको आरोप लाग्दै आएको छ ।
करोडौं कमाएर आफ्ना आफन्तजनहरुको नाममा जग्गा जमिन जोडदै अकुल सम्पत्ति कमाएका अधिकृत यादवले दैनिक रक्सी खानमा माहिर रहेको उनका निकटवर्तीहरु बताउदछन् ।
भ्रष्ट प्रवृतिका अधिकृत यादवले रक्सीको आनन्द लिदै आफ्ना आसेपासेहरु सँग मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र उनका भाई श्याम किशोर यादव सँग मेरो राम्रो सम्बन्ध रहेको धाक लगाउने गरेको बताईन्छ ।
मधेश प्रदेश सरकार ढलने लगभग निश्चित भईसकेको अवस्थामा पनि दशैंको नाम लिदै मन्त्री रायको नाममा केही कर्मचारीहरु सँग अधिकृत यादवले असुली गरिराखेको कर्मचारी वृतमा चर्चा छताछुल्ल भएको छ ।
कार्यालयको कर्मचारीहरु बिच गुटबन्दी गर्ने र उनी सँग मन नमिलेको कर्मचारीहरुलाई सरुवा गराई दिने थ्रेट दिने गरेको अधिकृत यादवको बानी व्यवहोरा सँग वीरगंज यातायातका प्रायः कर्मचारीहरु असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
कार्यालय, चिया पसल देखि रक्सी भठ्ठी सम्म मन्त्री राय र उनका भाई श्याम किशोर यादवको मात्र अधिकृत यादवले चर्चा गर्ने गरेको र सो चर्चामा मन्त्री आफ्नो जिल्लावासी भएको हुनाले म जे चाहन्छु, त्यो नै हुने धाक लगाउने गरेको उनको भनाईलाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।
रक्सी खाए पछि अधिकृत यादवले यातायात मन्त्री आफु नै भए जस्तै हाउभाउ देखाउदै मस्तमौला जस्तै कुरा गरेर ठट्टा मारेर हास्ने गरेको उनको हाउभाउ हेर्नेहरुको कथन रहेको छ ।
वीरगंज यातायातमा बसेर सेवाग्रहीहरुलाई दुहुनो गाई बनाई करोडौं कमाउन सफल भएका अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।






