मुख्यमन्त्री सोनलद्वारा तिहार र दीपावलीको शुभकामना
मुख्यमन्त्री सोनलद्वारा तिहार र दीपावलीको शुभकामना

वीरगंज ३ कार्तिक
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले तिहार तथा दीपावलीको पावन अवसरमा शुभकामना सन्देश जारी गरेका छन ।
सोमबार बिहान मुख्यमन्त्री सोनलले प्रदेश वासी सहित देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मंगलमय शुभकामना व्यक्त गरेका हुन ।
मुख्यमन्त्री सोनलले जारी गरेको शुभकामना सन्देशमा ‘शुभं करोति कल्याणम्’ भन्ने वैदिक मन्त्रोच्चारण गर्दै तिहार पर्वले खुशी, समृद्धि र पारिवारिक एकता वृद्धि होस् भन्ने कामना गरेका छन्।
उनले यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै पारिवारिक सद्भाव र माया–ममता थप प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
तिहारलाई उज्यालोको पर्वका रूपमा लिँदै मुख्यमन्त्री सोनलले अन्धकारमाथि प्रकाश र नकारात्मकतामाथि सकारात्मकताको विजयका रूपमा यो पर्व मनाउन सबैलाई आह्वान गरेका छन्।
सन्देशमार्फत उनले मधेश प्रदेशको समृद्धि र सुशासनका लागि समग्र प्रदेशवासीको एकताबद्ध साथ, सुझाव र सहयोग आवश्यक रहेको उल्लेख गर्दै यस पर्वले सबैमा आशा, विश्वास र ऊर्जा थप जागरण गराओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।






