वाइ वाइ मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहक झुक्याइएको आरोप

वाइ वाइ मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहक झुक्याइएको आरोप

वीरगंज १६ कार्तिक

लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली” अफरमार्फत कम्पनीले उपहारको लालच देखाई ग्राहकलाई झुक्याएको आरोप लागेको छ ।
ग्राहकहरूले बताएको अनुसार, चाउचाउको प्याकेट भित्र राखिएको कुपनमार्फत कम्पनीले १ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरेको विज्ञापन गरे पनि, सो कुपनमा उल्लेखित सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा पनि नउठाउने वा लाग्ने नगरेको गुनासो सार्वजनिक भएको छ ।
कुपन पाएका ग्राहकहरूका अनुसार, “कम्पनीले पुरस्कार वितरणको नाममा ठगीजस्तो कार्य गर्दै ग्राहकको विश्वासमा आघात पुर्‍याएको” अनुभव गरेका छन् । धेरै ग्राहकहरूले “वाइ वाइ मालामाल” स्किमलाई वास्तविक उपहार योजना भन्दा पनि प्रचारका लागि बनाइएको लोभ देखाउने माध्यमका रूपमा लिएको आरोप लगाएका छन् ।
कम्पनीको कुपनमा उल्लेखित सर्त अनुसार, “कम्पनीको आधिकारिक हस्ताक्षर र छाप भएको कुपन मात्र मान्य हुने” तथा “नेपाल सरकारको नियमअनुसार कर कट्टी गरिने” उल्लेख छ । साथै, “उपहारसम्बन्धी सम्पूर्ण निर्णय कम्पनीमा निहित हुनेछ” भनी उल्लेख गरिएको छ । तर, पुरस्कार दाबीका लागि दिएको सम्पर्क नम्बर ९८५१२२८६७१ मा सम्पर्क हुन नसक्दा ग्राहकहरू निराश बनेका छन् ।
ग्राहकहरूले सम्बन्धित निकायसँग यस प्रकारका भ्रामक र पारदर्शिता विहीन योजनामाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।