संविधानको विपरीत काम गर्ने छुट कसैलाई नहेको: एमाले नेताको भनाई

संविधानको विपरीत काम गर्ने छुट कसैलाई नहेको: एमाले नेताको भनाई

बारा २६ कार्तिक

नेकपा (एमाले) का नेता एवमं नेकपा जिल्ला अध्यक्ष सोमवार विहान भएको मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको प्रक्रिया ठीक नभएको बताएका छन् ।

कलैया नगर विस्तारित बैठकको कार्यक्रम बौल्दै उनले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वैकल्पिक सरकार गठनको प्रयास नै नगरी धारा १६८ (३) अनुसार सरोज यादवलाई जनकपुर बाहिर एक होटलमा मुख्यमन्त्रीमा नियुक्त गर्ने विषय र शपथ ग्रहण प्रक्रिया गलत रहेको स्विकार्दै संविधानको प्रावधान तोड्न कसैलाई छुट नरहेको प्रष्ट पारे ।

उनले भने, ‘मघेश प्रदेशमा भइरहेका घटनाहरु गलत भइरहेका छन् । संसदीय प्रावधान तोड्ने, संविधानको प्रावधानभन्दा विपरीत काम गर्ने, राजनीतिक मूल्य, राजनीतिक नैतिकता र इमान्दारिता विपरीतका क्रियाकलापहरु जो कसैले गरेपनि त्यो गलत हो । मधेश प्रदेशमा एउटा सरकार ढालेर अर्काे सरकार बनाउने सत्ता परिर्वनतको खेल हाम्रो देशको राजनीतिक विकृति हो । देशलाई केन्द्रमा नराखेर व्यक्तिलाई केन्द्रमा राखेर, व्यक्तिको हितमा गरेका काम गलत हुन्छन् ।

सरकार बनाउने प्रक्रियामा भएका संवैधानिक त्रुटीलाई संसदबाट बहुमत सांसदले हटाउन सक्ने प्रावधान हुँदाहुँदै संसदबाट जवाफ माग्नसक्ने व्यवस्था र प्रावधान विपरित कार्यालय तोडफोड गर्ने, राष्ट्रिय झण्डा उखेलेर फ्याक्ने स्वायत्त मधेशको नारा लगाउने कामसमेत संसदीय अभ्यास र प्रावधान विपरितरहेको उनले बताए ।

नेताले पछिल्लो समय नेपालमा राजनीतिक अपाधिकरण, अपराधको राजनीति बढेको र रानीतिक नैतिक गुम्दै गएको बताउँदै होटलमा शपथ किन गरियो भन्ने विषयको जवाफ प्रदेशको संसदबाट जवाफ माग्नसक्ने व्यवस्था भएपनि कार्यालयमा तोडफोड गर्दै संघीयता विपरितको गतिविधि गर्नु राजनीतिक अपराध हुने उनको भनाई छ ।

त्यसै गरी अर्का नेता कलैयाको नगर अध्यक्ष बिनोद साहले भने: संबिधानको धारा (२)को प्रावधान हुदा हुदै (३) मा जानु नै ग़लत भएको हो । यसको जवाफ केन्द्र देखि प्रदेश सम्म नेता कमरेडले दिनु पर्छ र म व्यक्तिगत पनि कुरा गर्छु । उनले भने, नेतामा यही राजनीतिक नैतिकता नभएको कारण नै जेनजी आंदोलनमा हामी भ्रस्टाचारी गरेका थिएनौ तर छानी छनि घर लाइयो, जुन गलत काम भयो । ”गलत काम गर्ने एकले दुःख पाउने सबैले यो कहाँको न्याय हो ” उनको भनाई रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।