रौतहटमा सफल कमाण्ड पूरा गरेका एसपी दिलिप घिमिरे एसएसपी बढुवाका बलियो दावेदार
रौतहटमा सफल कमाण्ड पूरा गरेका एसपी दिलिप घिमिरे एसएसपी बढुवाका बलियो दावेदार

रौतहट २० मंसिर
नेपाल प्रहरीभित्र काबिल, दक्ष र बलियो कमाण्ड क्षमताका रूपमा पहिचान बनाइसकेका प्रहरी उपरीक्षक दिलिप घिमिरे वरिष्ठ प्रहरी उपरीक्षक बढुवाका प्रतिस्पर्धामा सशक्त दावेदारका रूपमा उभिएका छन्।
घिमिरेले रौतहट जिल्लाको कमाण्ड सम्हाल्दै law and order व्यवस्थापन, आपराधिक गतिविधिमा नियन्त्रण तथा समुदाय–प्रहरी समन्वयमा उल्लेखनीय सफलता हासिल गरेका थिए। उनका नेतृत्वमा जिल्लामा क्राइम कंट्रोल, सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा संवेदनशील घटनामा शीघ्र नियन्त्रणका कारण प्रहरी संगठनभित्र उनको कार्यशैली उच्च रूपमा प्रशंसित भएको छ।
संगठित अपराध नियन्त्रणदेखि सार्वजनिक सुरक्षासम्बन्धी योजनाहरूको प्रभावकारी कार्यान्वयनमा घिमिरेको भूमिका प्रस्ट देखिने गरेको अधिकारीहरू बताउँदै आएका छन्। उनी निर्णय क्षमतामा सक्षम, संगठन परिचालनमा दक्ष र फोर्स म्यानेजमेन्टमा प्राविधिक तथा रणनीतिक दृष्टिले सबल रहेको मूल्यांकन गरिँदै आएको छ।
प्रहरी संगठनभित्रै ‘काबिल र ब’लियो कमाण्ड क्षमतायुक्त अधिकारी’ का रूपमा चिनिने घिमिरेको कार्यदक्षता र नेतृत्व शैलीले उनलाई यसपालिको एसएसपी बढुवा प्रतिस्पर्धामा अग्रस्थानमा राखेको विश्लेषण गरिन्छ।
बढुवा समितिले छिट्टै निर्णय गर्ने अपेक्षा बीच एसपी दिलिप घिमिरेको नाम चर्चामा आउनु, उनका विगतका सफल प्रष्ट उपलब्धिहरू र पेशागत इमानदार छविका कारण भएको देखिन्छ।





