भेनेजुएलामाथि ट्रम्प प्रशासनको आक्रमण किन ?नेपालीको सिकाइ के ?
भेनेजुएलामाथि ट्रम्प प्रशासनको आक्रमण किन ?नेपालीको सिकाइ के ?

डा. विजय दत्त
प्रस्तावना
बेला न कुबेला भेनेजुएला* को भनाइ चरितार्थ भएको छ।
नयाँ वर्ष २०२६ को पहिलो सातामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा एउटा सानो तर ऊर्जा–सम्पन्न मुलुक भेनेजुएलामाथि अकल्पनीय सैन्य आक्रमण भयो। राजधानी काराकाससहित प्रमुख शहरहरूमा भएका भीषण हमलाले भौतिक संरचनामात्र होइन, मुलुकको राज्यसत्ता र सार्वभौमिकतामाथि नै गहिरो चोट पुर्याएको देखिन्छ।
ट्रम्प प्रशासनको दाबीअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी जीवनसंगिनीलाई नियन्त्रणमा लिई अमेरिकी कारावासमा हतकडीसहित लगिएको तस्बिर सार्वजनिक गरिएको छ।
२१औँ शताब्दीमा युद्ध अब केवल बन्दुक र बमको खेल रहेन। आर्थिक नाकाबन्दी, कूटनीतिक अलगाव, साइबर युद्ध, आन्तरिक राजनीतिक अस्थिरता र Regime Change रणनीति नै आधुनिक साम्राज्यवादी युद्धका प्रमुख हतियार बनेका छन्। यही सन्दर्भमा भेनेजुएलामाथि ट्रम्प प्रशासनले अपनाएको आक्रामक नीति ऊर्जा राजनीति, वैचारिक टकराव र अमेरिकी प्रभुत्ववादी सोचको संयुक्त परिणाम हो।
१. तेल राजनीति (Oil Politics)
भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार छ। समाजवादी नेतृत्वमा रहेको यस्तो ऊर्जा–सम्पन्न राष्ट्र अमेरिकी हित र बहुराष्ट्रिय तेल कम्पनीहरूका लागि रणनीतिक चुनौती हो।
तेल नियन्त्रण = शक्ति नियन्त्रण
यो सूत्र नै अमेरिकी विदेश नीतिको मौन मन्त्र रहँदै आएको छ।
२. समाजवादविरुद्ध अमेरिकी वैचारिक युद्ध
ह्युगो चाभेज र निकोलास मादुरोको समाजवादी शासन अमेरिकी Neoliberal Model को प्रत्यक्ष वैचारिक विरोधी हो। ट्रम्प प्रशासनले भेनेजुएलालाई “Socialist Failure” को प्रतीक बनाएर विश्वभर समाजवादप्रति भय सिर्जना गर्न खोज्यो।
३. रेजिम चेन्ज (Regime Change) रणनीति
२०१९ मा विपक्षी नेता जुआन ग्वाइदोलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नु भेनेजुएलाको सार्वभौमिकतामाथिको खुला हस्तक्षेप थियो।
यो नीति इराक, लिबिया, सिरिया जस्ता मुलुकहरूमा प्रयोग गरिएको अमेरिकी राजनीतिक प्रयोगशालाको निरन्तरता हो।
४. चीन र रुसको प्रभाव रोक्ने प्रयास
भेनेजुएला चीन र रुसको नजिकिँदो रणनीतिक साझेदार हो। Monroe Doctrine अनुसार ल्याटिन अमेरिका अझै पनि अमेरिकी प्रभाव क्षेत्र मानिन्छ। ट्रम्प प्रशासन भेनेजुएलालाई चीन–रुसको Bridgehead बन्न नदिन आक्रामक भयो।
५. आर्थिक नाकाबन्दी : मानवअधिकारको नाममा अमानवीयता
अमेरिकी प्रतिबन्धहरूले भेनेजुएलाको अर्थतन्त्र तहसनहस बनायो—
औषधि अभाव
खाद्यान्न संकट
अति मुद्रास्फीति
तर यही मानवीय संकटलाई प्रयोग गरेर अमेरिका स्वयंले “Humanitarian Intervention” को नैतिक कथा निर्माण गर्यो, जुन गहिरो रूपमा द्वैध मापदण्डको राजनीति हो।
निष्कर्ष
भेनेजुएलामाथिको ट्रम्प प्रशासनको आक्रमण लोकतन्त्र वा मानवअधिकारका लागि होइन—
तेल, शक्ति, प्रभुत्व र वैचारिक वर्चस्वका लागि थियो।
यो सन्देश साना तथा विकासोन्मुख राष्ट्रहरूका लागि गम्भीर चेतावनी हो—
आर्थिक स्वतन्त्रता बिना राजनीतिक सार्वभौमिकता दीर्घकालीन रूपमा सुरक्षित रहँदैन।
अमेरिकाले विगतमा बंगलादेश, पाकिस्तान, श्रीलंका, इराकलगायतका मुलुकहरूमा राजनीतिक विप्लव गरि/गराइ आफ्नै हितअनुसार सत्ता संरचना बदल्दै आएको इतिहास छ। नेपालमा पनि Deep State को माध्यमबाट सत्ता परिवर्तन भएका उदाहरणहरू देखिए, तर दुर्भाग्यवश नेपाली राजनीतिक दलहरूको संवेदनहीनता र आत्मसमर्पण प्रवृत्ति अझै अन्त्य हुन सकेको छैन।
नेपालको सिकाइ के ?
१. भूराजनीतिक सन्तुलन नै राष्ट्रिय सुरक्षा हो
नेपाल कुनै शक्ति राष्ट्रको स्थायी मोहरा होइन। सन्तुलित, स्वाधीन र राष्ट्रिय हितमा आधारित कूटनीति अपरिहार्य छ।
२. आर्थिक आत्मनिर्भरता बिना सार्वभौमिकता खोक्रो हुन्छ
ऊर्जा, कृषि, पानी र प्राकृतिक स्रोतमा आत्मनिर्भरता नै नेपालको दीर्घकालीन सुरक्षा कवच हो।
३. वैचारिक स्पष्टता नभएको राजनीति सजिलै प्रयोग हुन्छ
भेनेजुएलाजस्तै नेपाल पनि वैचारिक द्वन्द्वको प्रयोगशाला बन्न सक्ने खतरा सधैं रहन्छ।
४. राष्ट्र राज्यभन्दा माथि कुनै दल वा शक्ति होइन
सत्ता होइन—सार्वभौमिकता नै अन्तिम सत्य हो भन्ने चेत राजनीतिक नेतृत्वमा विकसित हुनुपर्छ।भेनेजुएलाको पीडा नेपालको ऐना हो।
समयमै नचेतिए इतिहास दोहोरिन्छ—
तर पीडित फेरि पनि साना राष्ट्र नै हुन्छन्।
(एक भूराजनीतिक विश्लेषण)






