सांस्कृतिक साक्षरता को चेतना शुन्य नेतृत्व

सांस्कृतिक साक्षरता को चेतना शुन्य नेतृत्व

डा. विजय दत्त
एक समाजशास्त्रीय विश्लेषण 

सांस्कृतिक साक्षरता भनेको कुनै व्यक्ति वा समुदायले आफ्नै तथा अन्य समाजका इतिहास, परम्परा, भाषा, धार्मिक मूल्य, प्रतीक, सामाजिक व्यवहार र सामूहिक अनुभूतिहरूलाई बुझ्ने, सम्मान गर्ने र सन्दर्भअनुसार व्यवहारमा उतार्न सक्ने बौद्धिक तथा नैतिक क्षमता हो । यसले केवल जानकारी मात्र होइन, सहअस्तित्व, संवाद, सहिष्णुता र सभ्यतागत निरन्तरताको चेतनालाई पनि समेट्छ, जसको माध्यमबाट व्यक्ति विविधताभित्र एकता कायम गर्न, सामाजिक द्वन्द्व कम गर्न र राष्ट्रिय तथा मानव सभ्यतालाई सुदृढ बनाउन सक्षम हुन्छ ।
“Cultural literacy is the ability to understand the symbols, stories, and shared knowledge that bind a society together.” — E.D. Hirsch
“Without cultural understanding, power easily turns into prejudice.” — Clifford Geertz

यो सन्दर्भ अहिले नेपालमा धेरै चर्चापरिचर्चामा रहेको छ । २०८२ को अविश्वसनीय तथा असामयिक प्रतिनिधि सभाको निर्वाचनको मनोनयन पत्र दर्तापछि त झन् राष्ट्रिय बहसको रुपमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा समेत गर्मी पैदा गरेको छ ।
हाले नेकपा (एमाले ) का सचिव महेश बस्नेतले समृद्ध मैथिली भाषाका शब्द छौरा लाई छाउरा शब्दसंज्ञा दिएपछि । हुनत, व्यापक आलोचनापछि “आत्मआलोचना-क्षमायाचना” गरेपछि विवाद केहि साम्य भयो ।
“Language is not just a tool of communication; it is the carrier of culture and dignity.” — Ngũgĩ wa Thiong’o

तर, नेकपा (एमाले ) कै अध्यक्ष केपी ओलीले धनुषा महोत्तरी “फोहर-फोहरी” जिल्ला हो जहाँ गोबरको  गोइठा बनाउने र खाना पकाइ फोहर गर्ने क्षेत्र हुन भन्ने अभिव्यक्ति दिए । यो शब्दले त झन ठूलो विवाद सृजना गर्‍यो । ओली अत्यधिक आलोचित भए ।
“When leaders insult culture, they do not weaken communities — they weaken the nation.” — Amartya Sen

वैदिक सनातनी व्यवस्थामा शुद्धीकरण गर्नकालागि गाईको अत्यधिक महत्त्व छ! प्रत्येक धर्म र जीवन कर्ममा *पन्चगव्य को प्रयोग हुन्छ जसमा गाईको दुध, दहि, घ्यू, मूत्र र गोबर हुन्छ ।* यसको प्रयोग आयुर्वेदमा पनि रहेको छ । यसको वैज्ञानिक महत्त्व त अझ बढी छ ।
“Traditional practices often contain ecological and scientific wisdom refined over centuries.” — Fritjof Capra

त्यसपछि फेरि महेश बस्नेतले मृत्यु संस्कार कर्म श्राद्धमाथि प्रश्न चिन्ह उठाए । मिथिला भोजपुरी अवधि संस्कृतिमा मृत्यु भएको पन्ध्रौं दिनमा पूर्णरुपमा चोखिन्छ । तर राष्ट्रिय नेतृत्वमा भएकाले एउटा फरक संस्कृतिलाई होच्याउने गरी अभिव्यक्ति दिएकाले फेरि सर्वत्र आलोचित भएको छ ।
“Respect for ritual is respect for collective memory and social healing.” — Victor Turner

यसरी राष्ट्रिय नेतृत्वमा रहेका तथा पटकपटक मन्त्री–प्रधानमन्त्री भइसकेका व्यक्तिहरुमा सांस्कृतिक साक्षरता शुन्य हुनु कथमपि सकारात्मक हुँदैन ।
“Political power without cultural sensitivity becomes social violence.” — Frantz Fanon
भनिन्छ,
रुपयौवनसम्पन्ना विशालकुलसम्भवा ।
संस्कृतिविहीना न शोभन्ते निर्गन्धा इव किंशुका
“A society without cultural consciousness is like a body without a soul.” — Arnold Toynbee

तसर्थ, मुलुकको संस्कार–संस्कृतिको ज्ञान हुनु अतिआवश्यक छ । यदि आफूसँग ज्ञान–अनुभवको कमी छ भने संस्कृतिकविद्–बौद्धिक वृत्तसँग ज्ञानरूपी किरणको आदानप्रदान गर्नु नै सर्वजन सुखाय, सर्वजन हिताय हुनेछ ।
“Dialogue between cultures is the foundation of peaceful societies.” — UNESCO
मुलुकको सांस्कृतिक सम्पदाको सम्मान गरौं ।
मुलुकको साम्प्रदायिक र सामाजिक सद्भावमा एक ईंटा थप्ने काम गर्दा राम्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।