धर्म, सद्भाव र सेवा भावनासहित पटेलको घरदैलो अभियान
धर्म, सद्भाव र सेवा भावनासहित पटेलको घरदैलो अभियान

पर्सा ११ माघ
नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत बगही, ध्यानसिंह पिपरा, कोनिहा र विन्दवासिनीमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार पटेलले धर्म र राजनीतिलाई जोड्दै “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने धार्मिक मान्यतालाई स्मरण गराउँदै जनताको हितमा काम गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताएका थिए। उनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नैतिक राजनीतिबिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गरे।
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने वैदिक मन्त्रमाथि जोड दिँदै पटेलले सबै समुदायको सुख, शान्ति र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले क्षेत्रको समग्र विकासका लागि कमल छापमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।





