युवाको आशा र विश्वास रास्वपातर्फ, पर्सा–२ मा सुशील कानुलाई समर्थन बढ्दो

युवाको आशा र विश्वास रास्वपातर्फ, पर्सा–२ मा सुशील कानुलाई समर्थन बढ्दो

वीरगञ्ज २४ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा भएको भेटघाट कार्यक्रममा विभिन्न पृष्ठभूमिका युवाहरू स्वतः स्फूर्त रूपमा रास्वपासँग जोडिँदै चुनावी अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।

युवाहरूले पुरानो राजनीति, निष्क्रिय नेतृत्व र जवाफदेहिताको अभावबाट दिक्क भएर नयाँ विकल्प खोजिरहेको बताएका छन्। उनीहरूका अनुसार सफा राजनीति, पारदर्शिता र युवामैत्री सोचका कारण रास्वपा परिवर्तनको भरोसायोग्य शक्ति बनेको छ। सो क्रममा अधिकांश युवाहरूले आगामी निर्वाचनमा घण्टी छापमा मतदान गर्दै जनमत निर्माणको जिम्मेवारी लिने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देश परिवर्तनको मुख्य शक्ति युवा नै भएको उल्लेख गरे। उनले युवाको सहभागिताबाट नयाँ राजनीतिक संस्कार स्थापित हुने विश्वास व्यक्त गर्दै रोजगारी, अवसर र जवाफदेही शासन युवाको प्रमुख सरोकार भएको बताए।

स्थानीय युवाहरूले यसअघि धेरै नेताहरू देखे पनि काम नदेखेको गुनासो गर्दै अब युवाको नेतृत्व र नयाँ सोचलाई अवसर दिनुपर्ने धारणा राखेका छन्। भेटघाटको अन्त्यमा कानुले युवाहरूलाई एकजुट भई परिवर्तनको यात्रामा साथ दिन आह्वान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।