स्वास्थ्य लाभकै बीच अजय चौरसियाको चुनावी सक्रियता, वडा २८ का कार्यकर्तासँग रणनीतिक छलफल

स्वास्थ्य लाभकै बीच अजय चौरसियाको चुनावी सक्रियता, वडा २८ का कार्यकर्तासँग रणनीतिक छलफल

वीरगञ्ज १६ माघ

खुट्टामा चोट लागेका कारण घरमै स्वास्थ्य लाभ लिइरहेका नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अजय चौरसियाले चुनावी गतिविधि तीव्र पारेका छन्।

उनले वीरगञ्ज–११ श्रीपुरस्थित निवासमा वीरगञ्ज महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष सरजुग महतोसहित शिवनारायण राम, हरिहर महतो, नागेन्द्र साह, पुरुषोत्तम उपाध्याय र राजकुमार पटेललगायत अगुवा कार्यकर्तासँग आगामी निर्वाचनका विषयमा छलफल गरेका छन्।

छलफलमा संगठन सुदृढीकरण, मतदातासँगको सम्पर्क विस्तार र चुनावी रणनीतिबारे चर्चा गरिएको थियो। स्वास्थ्यमा सुधार भइरहेको जनाउँदै चौरसियाले शनिबारदेखि घरदैलो अभियान सुरु गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।