६४९ औं सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती प्रसौनीमा सम्पन्न

६४९ औं सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती प्रसौनीमा सम्पन्न

वीरगंज १८ माघ

६४९ औं सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती सखुवा प्रसौनी गाउँपालिका वडा नं.२ प्रसौनिमा सम्पन्न भएको थियो। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३(१) प्रदेश सांसद प्रत्यासी एवं सखुवा प्रसौनी गाउँपालिका युवा नेता शिवकुमार साह तेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बन्सी दासको अध्यक्षता रहेको थियो।

गुरु रविदासजीको अमूल्य उपदेशहरू समानता, प्रेम, भाईचारा तथा सत्यको मार्ग हामी सबैलाई सत्मार्गमा अघि बढ्न प्रेरित गरून, उहाँको दिव्य शिक्षाले हाम्रो समाजमा एकता, सद्भाव र आत्मज्ञानको प्रकाश फैलोस् भनी वक्ताहरुले चर्चा गरेको थियो।

कार्यक्रममा बिशिस्ट अतिथि सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, लालबाबु राम, हरिलाल राम सिकन्दर सहनी, राम प्रसाद दास, सटाही दास, बिरबहादुर राम, अमरदिप महरा लगायत स्थानीयको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।