वीरगंज–२२ जगरनाथपुरमा राप्रपाको अगुवा भेला सम्पन्न, सयौं युवाहरुले गरे पार्टी प्रवेश

पर्सा २२ माघ । पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा द्वारा आज अगुवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं युवाहरू राप्रपामा प्रवेश गरेका छन् । सयौ युवा प्रवेश गर्दै हिन्दू राष्ट्र र हिन्दू धर्म संस्कृतिलाई जोगाउन राप्रपा नै एकमात्र विकल्प हो । अब युवाहरूले आफ्नो धर्म संस्कृतिलाई जोगाउन राप्रपामै आउन सबै युवाहरुलाई आह्वान गरेका थिए ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ राप्रपाबाट प्रतिनिधि सभाका उम्मेदवार नन्दु श्रीवास्तवले नेपाललाई हिन्दू राष्ट्र बनाउने र आफ्नो धर्म र संस्कृतिलाई जोगाउन राप्रपा पार्टि नै अगाडि भएर लड्दै आइरहेको छ । श्रीवास्तवले भने अब युवाहरूले नै देश र राष्ट्र, धर्म संस्कृति संस्कार जोगाउन युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको र युवाहरू अग्रपन्थीमा आएर खट्ने बेला आयोको हो ।
कार्यक्रम पार्टीका वरिष्ठ नेता तथा संस्थापक जिल्ला अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय उपाध्यक्ष एवं पूर्व मन्त्री राजीव पराजुली, त्यसैगरी विशिष्ट अतिथिहरूमा पूर्व मेयर तथा केन्द्रीय सदस्य प्रदीप सुवेदी, पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नन्दु श्रीवास्तव र राप्रपाका केन्द्रीय सदस्य अङ्गद ठाकुरको विशेष उपस्थिति रहेको थियो । अतिथिहरूले सम्बोधनका क्रममा राष्ट्र, धर्म, संस्कृति र सुशासनको पक्षमा राप्रपा सशक्त विकल्पका रूपमा अघि बढिरहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै संगठन विस्तार र आगामी निर्वाचनमा राप्रपाको भूमिकाबारे चर्चा गरेका थिए । स्थानीय तहमा राप्रपाप्रति जनआकर्षण बढ्दै गएको भन्दै वक्ताहरूले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।