वीरगंजमा प्रदीप यादवको जनलहर : घरदैलो र जनदर्शनमार्फत शहीद परिवारसम्म सम्मान, विकास–सुशासनको स्पष्ट सन्देश
वीरगंजमा प्रदीप यादवको जनलहर : घरदैलो र जनदर्शनमार्फत शहीद परिवारसम्म सम्मान, विकास–सुशासनको स्पष्ट सन्देश

वीरगंज २३ माघ
नेकपा एमालेका नेता प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १८ र २२ मा व्यापक जनसहभागितासहित घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमका क्रममा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले जनताका समस्या, सुझाव तथा अपेक्षाहरू सुनेका थिए।
घरदैलो अभियानकै क्रममा वीरगंज–१८ भवानीपुर निवासी मधेश आन्दोलनका वीर शहीद स्वर्गीय धर्मराज सिंह राजपुतकी ममतामयी आमा श्रीमती कलावाती देवी राजपुतिनसँग विशेष भेटघाट गरी आशीर्वाद लिइएको थियो। उक्त भेटले कार्यक्रमलाई थप भावनात्मक र प्रेरणादायी बनाएको सहभागीहरूले बताएका छन्।
जनदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदीप यादवले जनताको आवाजलाई प्रतिनिधि सभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै विकास, सुशासन र जनमुखी कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। साथै कार्यक्रमप्रति देखाइएको माया, साथ र विश्वासका लागि वडा नं. १८ र २२ का सम्पूर्ण जनताप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो भने नागरिकहरूले आफ्नो क्षेत्रको विकास, रोजगारी, पूर्वाधार र सामाजिक सेवासम्बन्धी विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।





