वीरगञ्ज–३ प्रगतिनगर क्षेत्रमा नेपाल जनता पार्टीको घरदैलो, कमल छापमा मत दिन आग्रह

वीरगञ्ज–३ प्रगतिनगर क्षेत्रमा नेपाल जनता पार्टीको घरदैलो, कमल छापमा मत दिन आग्रह

वीरगञ्ज २६ माघ

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ प्रगतिनगर, गायत्री मन्दिर क्षेत्र तथा शिक्षा कार्यालय आसपासका क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको सक्रिय सहभागिता रहेको थियो।

घरदैलोका क्रममा पार्टी प्रतिनिधिहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै “एक भोट राष्ट्रका लागि”, “राष्ट्रिय एकता”, “हर हर कमल, घर घर कमल” जस्ता नारासहित कमल छापमा मतदान गर्न आग्रह गरेका थिए। साथै युवा, महिला तथा विद्यार्थीलाई उच्च सम्मान दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

पार्टीले आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल तथा रामराज्य स्थापनाको अवधारणा अघि सारेको जनाएको छ। त्यस्तै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य, सुशासन, विकास र सुरक्षामा जोड, स्वाभिमान रक्षा, किसानलाई उच्च प्राथमिकता तथा खेलकुद क्षेत्रको प्रोत्साहन मार्फत रोजगारी सिर्जना गर्दै क्षेत्रको समृद्धि ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा नेपाल जनता पार्टीको कमल छापमा साथ, सहयोग तथा आशीर्वाद दिन स्थानीय मतदातासँग अनुरोध गरेका थिए। घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।