बन्जरियामा जसपा नेपालको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न, उम्मेदवार सन्जु साहद्वारा चुनावी एजेण्डा सार्वजनिक
बन्जरियामा जसपा नेपालको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न, उम्मेदवार सन्जु साहद्वारा चुनावी एजेण्डा सार्वजनिक

बारा २६ माघ
जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रसौनी गाउँपालिका वडा नं. ७ बन्जरिया द्वारा आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जसपा नेपालका बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको प्रमुख उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रसौनी गाउँपालिकाका पूर्व प्रमुख भोला गुप्ता, जसपा नेता बृजकिशोर साह, सत्यनारायण साह, आनन्द गुप्ता, रमेश साह, जयप्रकाश दास, रामबाबु पाल, टैइट महरा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र आगामी योजनाबारे छलफल गरिएको थियो।
उक्त अवसरमा बोल्दै उम्मेदवार सन्जु साहले मधेसको अधिकार सुनिश्चित गर्ने, समावेशी शासन व्यवस्था सुदृढ बनाउने, शिक्षा-स्वास्थ्यमा सुधार, युवालाई रोजगारी सिर्जना, कृषकलाई आधुनिक कृषि प्रविधि तथा उचित मूल्यको व्यवस्था, स्थानीय पूर्वाधार विकास र भ्रष्टाचार नियन्त्रणलाई जसपा नेपालको मुख्य चुनावी एजेण्डा रहेको बताए।
नेताहरूले जनताको अधिकार, पहिचान र सम्मानका लागि जसपा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई सहयोग गर्न स्थानीयवासीसँग अपिल गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयले पनि विकास, रोजगारी र सुशासनको अपेक्षा राख्दै आफ्ना समस्या तथा सुझावहरू राखेका थिए।






