एमालेबाट पर्सा ३ मा उम्मेदवार बनेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको ‘कालोसूची’मा 

एमालेबाट पर्सा ३ मा उम्मेदवार बनेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको ‘कालोसूची’मा 

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कर्जा सुचना केन्द्रको कालोसूचिमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छन् । सोही कानुन अनुसार आगामी फागुन २१ मा गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनमा समानुपातिक सुचीमा सामेल रहेका २१ नामावली समेत काटिएको थियो । तर, एक जना उम्मेदवार भने कालोसूचिमा समावेश भएपनि उनको नाम काटिएको छैन ।

नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका रुपेश कुमार पाण्डे कर्जा सुचना केन्द्रको कालोसूचिमा छन् । उनले संचालन गरेको आर.पी ट्रेड प्रा.लीले नियमाअनुसार बुझाउनुपर्ने कर्जा नतिरेको भन्दै नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उनलाई कालोसूचिमा राखेको हो ।

गत पुस ६ गते नै कर्जा नतिरे ३५ दिनभित्र कालोसुचिमा राख्ने भन्दै चेतावनीपूर्ण सुचना बैंकले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरेको थियो । तर, ३५ दिनभित्र पनि उनले कर्जा नतिरेपछि कर्जा सुचना केन्द्रले २०८२ माघ २८ गते कालोसूचिमा राखेको कागजात दियोपोस्टलाई प्राप्त भएको आरपी समुहको नामक कम्पनि मार्फत नेपाल भारत सिमा विरगन्जबाट लत्ताकपडा आयात गर्दै आएका पाण्डेमाथि राजश्व छली गरेको आरोप समेत लाग्दै आएको छ ।

पर्सा क्षेत्र नम्बर ३ बाट यसअघि निर्वाचित भएका एमाले सांसद राजकुमार गुप्ता ७६ लाख घुस प्रकरणमा अहिले डिल्लीबजार कारागार चलान भएका छन् । सोही क्षेत्रमा हाल नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डे यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए । नेपाली कांग्रेसले प्राध्यापक समेत रहेका सुरेन्द्र चौधरीलाई टिकट दिएपछि उनी एमाले प्रवेश गरेर टिकट लिएका थिए ।

कर्जा सुचना केन्द्रको कालोसूचिको विषयमा प्रतिक्रियाका लागि पाण्डेको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ छ । संभार: दियो पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।