रौतहटमा महाशिवरात्रिको तयारी तीव्र, शिवनगर र ईशनाथमा विशेष पूजा तथा कार्यक्रम

रौतहटमा महाशिवरात्रिको तयारी तीव्र, शिवनगर र ईशनाथमा विशेष पूजा तथा कार्यक्रम

प्रेमचन्द्र झा / फाल्गुन ०२ राैतहट

मधेश प्रदेश अन्तर्गतको गरुडा नगरपालिका–स्थित शिवनगर महादेव मन्दिर तथा विभिन्न शिवालयहरूमा महाशिवरात्रिको अवसरमा मेला,विशेष पूजा–आराधना सुरु गरिएको छ। शिवभक्तहरूको उल्लेख्य उपस्थितिमा बिहानदेखि नै पूजापाठ, जलअभिषेक र भजन–कीर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसैगरी, ईशनाथ नगरपालिका वडा नं. २ मा रहेको ईशनाथ महादेव मन्दिरमा पनि महाशिवरात्रिको अवसर पारेर विविध धार्मिक कार्यक्रम आयोजना गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण साहका अनुसार शनिबारदेखि अष्टयाम महायज्ञ सुरु भएको छ भने आइतबार मन्दिर परिसरमा एक लाख २५ हजार दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ। महाशिवरात्रिको दिन विशेष पूजा–आराधनाका साथै भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

मन्दिरका प्रस्तावित पुजारी राहुल झाले यज्ञ तथा अन्य धार्मिक कार्यक्रम सफल बनाउन औरैया गाउँवासीसहित सम्पूर्ण भक्तजनको उल्लेखनीय सहयोग रहेको जानकारी दिए।

महाशिवरात्रि पर्व नजिकिँदै जाँदा रौतहटका विभिन्न शिवालयहरूमा भक्तजनको चहलपहल बढ्दै गएको छ भने धार्मिक वातावरणले क्षेत्र नै शिवमय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।