गौर हत्याकाण्ड सहिद परिवारकी रुपसागर काठमाडौंमा मतसंगै न्याय माग्दै

काठमाडौं, ४ फागुन । गौर हत्याकाण्ड सहिद परिवारका पीडित रुपसागर उपाध्यायको दिनचर्या अचेल बदलिएको छ । गौर हत्याकाण्डका हत्याारालाई कारबाहीको माग गर्दै सडकमा आन्दोलन गर्दै आएकी उपाध्याय आजभोली काठमाडौंमा मत माग्दै हिडेकी छन् ।
काठमाडौंको जोरपाटीमा भेटिएकी उपाध्यायले घरघरमा पुग्ने र न्यायसंगै मत मागिरहेकी छन् । जोरपाटीका मतदातासंग भेटेकी उपाध्यायले भनिन, ‘म गौर हत्याकाण्ड सहिद परिवारको पीडित । गौरमा मेरो पतीको हत्या गरियो । न्याय माग्दै अदालत पुगे, सडकमा आन्दोलन गरे । न्याय पाइन, अब तपाईहरुले मलाई न्याय दिनुस, मलाई मत दिनुस । सडकदेखी अदालतसम्म मेरो कुराको सुनुवाई भएन, म संसदमा पुगेर आवाज उठाउछु । मलाई न्यायका लागि तपाईको मत महत्वपू्र्ण छ ।’
यि र यस्तै शब्द बोल्दै उपाध्यायले मतदातासंग कुराकानी गरिरहेको भेएपछि थाहा भयो । २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी काठमाडौं–३ बाट उम्मेदवार बनेकी छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)बाट उपाध्याय उम्मेदवारी दिएकी छन् ।
उपाध्यायले चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिदै जोरपाटीका मतदाताको घरघर पुग्ने र मतसंगै न्याय पनि माग्ने गरेकी छन् । उनको दिनचर्या यस्तै बनेको छ । बिहान उठने र दिनभरी काठमाडौं–३ का मतदाताको घरघर पुग्ने र गौर हत्याकाण्डको बारेमा बताउदै न्यायसहित उपाध्यायले मत मागिरहेकी छन् ।
मतदातासंग मत माग्दै उपाध्यायले आफूलाई सरकार, अदालत, प्रहरी प्रशासनले न्याय दिन नसकेको बताउदै काठमाडौंमा न्याय माग्दै उम्मेदवारी दिएको बताइन् । ‘गौर हत्याकाण्डमा मेरो पतीको ज्यान गयो । तर सरकार, अदालत, प्रहरी प्रशासनले अहिलेसम्म मलाई न्याय दिएको छैन् । मेरो पतीको हत्यारालाई कारवाही गराउन मेरो उम्मेदवारी हो,’ उपाध्यायले भनिन्, ‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउनका लागि यहाँका मतदाताले मलाई मतदान गर्ने भन्दै समर्थन गर्नुभएको छ ।’
गौर हत्याकाण्डमा उपाध्यायका पती नर्मदेश्वर उपाध्यायको हत्या भएको थियो । तर हत्याराहरु खुलेयाम घुम्दैगर्दा पनि सरकारले कारवाही नगरेको उनले बताइन् । ‘यो बिषय म संसदमा जोडदार उठाउछु । साथै आम मतदाताको आवश्यक्ता, चाहनाको बारेमा समेत संसदमा जोडदार आवाज उठाउने प्रतिबद्धता मैले व्यक्त गरेको छु । मलाई यहाँको मतदाताले मतदान गरेर विजयी बनाउनेमा म पूर्णरुपमा विश्वस्त छु,’ उपाध्यायले भनिन् ।
गौर, रौतहट, मधेसदेखी काठमाडौंसम्म संघर्ष गर्दै, आन्दोलन गर्दै गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन माग गर्दै आएको उनले बताइन् । काठमाडौं ३ बाट मेरो उम्मेदवारी सोही संघर्ष अन्तरगतको अर्को एक पाइला भएको उनले बताइन् ।
अर्को बिषय यहाँ यसअघि बिजयी भएका नेताहरुले काम नगर्दा यहाँका आम जनताले विभिन्न गुनासो व्यक्त गरेको उनले बताइन् । ति समस्या, गुनासोलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता उपाध्यायले व्यक्त गरेकी छन् ।
गुणस्तरीय शिक्षा, स्वास्थयका साथै सुकुम्बासी, खानेपानी, रोजगारी लगायतको समस्या रहेको र त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने माग स्थानीयले गरेको उनले बताइन् । ‘ठुलाठुला कुरा गरेर यस क्षेत्रबाट यसअघि निर्वाचन जित्नेले काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. ३ मा खानेपानी, गुणस्तरीय शिक्षा, रोजगार लगायतको समस्या समाधान गर्नुपर्ने माग उहाँहरुको रहेको छ,’ उपाध्यायले भनिन् ‘काठमाडौं मुलुककै संघीय राजधानी हो तर यहाँबाट बिजयी नेताले काम नगर्दा स्थानीयलाई समस्या छ ।’
अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै काठमाडौंको सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै उनले यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने बताए ।
काठमाडौंको धर्म, संस्कृती, रितिरिवाज, कला, साहित्य लगायतको संरक्षण, जर्गेना गर्दै अगाडी बढने बताउदै उनले काठमाडौंलाई देशबासीको मुख्यशहरको रुपमा रहेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।





