छपकैयामा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
छपकैयामा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

वीरगञ्ज, १० फागुन
पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ छपकैया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनगुनासा सुनेका थिए। उनले नेपाली कांग्रेसले विगतदेखि नै देशमा विकासको आधार निर्माण गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हित, समृद्धि र सुशासनका लागि पार्टी प्रतिबद्ध रहेको बताए।
विगतका उपलब्धिहरू स्मरण गर्दै उनले विकासका अधुरा कामहरूलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे। उनले मतदाताहरूलाई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई चारै क्षेत्रमा विजयी गराउन आग्रह गर्दै विकासको यात्रालाई थप मजबुत बनाउन कांग्रेसलाई साथ दिन आह्वान गरे।
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानका क्रममा मतदाताले विभिन्न स्थानीय समस्या तथा आवश्यकताबारे उम्मेदवार समक्ष सुझाव समेत प्रस्तुत गरेका थिए।





