पर्सागढीमा लामासहित नेताहरु रास्वपामा, सुशील कानुलाई समर्थन

पर्सागढीमा लामासहित नेताहरु रास्वपामा, सुशील कानुलाई समर्थन

वीरगञ्ज, ११ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार शुशिल साह कानु लाई समर्थन जनाउँदै प्रदेशसभा सदस्य पदका पूर्व स्वतन्त्र उम्मेदवार स्याङबो (विनोद) लामा तामाङसहितको टोली रास्वपामा प्रवेश गरेको छ। पर्सागढी नगरपालिका वडा नं ४ झाबराहामा आयोजित कार्यक्रममा लामाले औपचारिक रूपमा पार्टी प्रवेश गर्दै कानुलाई पूर्ण समर्थन घोषणा गरे। २०७९ को प्रदेशसभा निर्वाचनमा पर्सा–२ (१) बाट स्वतन्त्र उम्मेदवार बनेका लामाले १,२८८ मत प्राप्त गरेका थिए।

कार्यक्रममा बोल्दै लामाले पुराना दलबाट अपेक्षित परिवर्तन सम्भव नभएको भन्दै रास्वपालाई वैकल्पिक शक्तिको रूपमा रोजेको बताए। पर्सा–२ को नेतृत्व युवाको हातमा सुम्पिनुपर्ने उल्लेख गर्दै उनले कानुलाई जिताउन आह्वान गरे।

उम्मेदवार कानुले लामाको प्रवेशले पर्सा–२ मा रास्वपा थप सशक्त बनेको दाबी गर्दै निर्वाचनपछि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।