पर्सामा १६५ मतदानस्थलको निरीक्षण सम्पन्न, ६२ अतिसंवेदनशील घोषणा
पर्सामा १६५ मतदानस्थलको निरीक्षण सम्पन्न, ६२ अतिसंवेदनशील घोषणा

वीरगञ्ज, १२ फागुन
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ। जिल्लामा रहेका कुल १६७ मतदानस्थलमध्ये अब दुई स्थानको मात्र निरीक्षण गर्न बाँकी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको टोलीले संयुक्त रूपमा मतदानस्थलहरूको स्थलगत निरीक्षण गर्दै आएको हो। प्रजिअ दाहालले हालसम्म १६५ मतदानस्थलको अनुगमन सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी दुई स्थानको पनि छिट्टै निरीक्षण गरिने बताए।
उनका अनुसार अनुगमनका क्रममा प्रत्येक मतदानस्थलको अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक शान्ति–सुरक्षा रणनीति तयार पारिएको छ। “भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै निकायबीच समन्वय र सहकार्य आवश्यक छ,” उनले भने।
जिल्ला सुरक्षा समितिले १६७ मतदानस्थलमध्ये ६२ वटा अतिसंवेदनशील, ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा वर्गीकरण गरेको छ।
निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ मतदानस्थल रहेका छन्। जिल्लाभर ४४१ मतदान केन्द्र तोकिएका छन् भने दुई अस्थायी मतदान केन्द्रसमेत रहनेछन्।
पर्सामा चारवटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर १ मा १०३, क्षेत्र नम्बर २ मा ११० तथा क्षेत्र नम्बर ३ र ४ मा समान रूपमा ११४–११४ मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्रले निगरानी र तयारीलाई तीव्र बनाएको जनाएको






