राष्ट्र, धर्म र समृद्धिका लागि नेजपाको प्रतिबद्धता : पर्सा–२ का विभिन्न गाउँमा जनता दर्शन तथा छलफल कार्यक्रम सम्पन्न
राष्ट्र, धर्म र समृद्धिका लागि नेजपाको प्रतिबद्धता : पर्सा–२ का विभिन्न गाउँमा जनता दर्शन तथा छलफल कार्यक्रम सम्पन्न

वीरगञ्ज १२ फागुन
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने अठाराहा, विन्दवासनी, बढ्नियार, रमौली र डोकैला लगायतका क्षेत्रमा नेपाल जनप्रगतिशील पार्टी (नेजपा) का नेताहरूले जनता दर्शन कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग विस्तृत छलफल सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा नेताहरूले घरदैलो तथा प्रत्यक्ष भेटघाट गर्दै स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाहरू सुनेका थिए। विशेष गरी कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार र रोजगारीका विषयमा स्थानीयले आफ्ना धारणा राखेका थिए।
नेजपाका प्रतिनिधिहरूले राष्ट्रको सार्वभौमिकता, धर्म–संस्कृतिको संरक्षण र समृद्ध नेपाल निर्माणलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनीहरूले विकासलाई दलीय स्वार्थभन्दा माथि उठाएर अघि बढाउने, युवालाई रोजगारीका अवसर सिर्जना गर्ने तथा गाउँ–गाउँमा आधारभूत सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै नेताहरूले “राष्ट्र, धर्म र समृद्धिको अभियानलाई सफल बनाउन जनताको साथ, सहयोग र आशीर्वाद अपरिहार्य रहेको” उल्लेख गर्दै आगामी निर्वाचनमा नेजपालाई समर्थन गर्न आग्रह गरेका थिए।
स्थानीय अगुवाहरूले पनि क्षेत्रको दीगो विकासका लागि स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सुझाव दिएका थिए। कार्यक्रममा उल्लेखनीय संख्यामा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेजपाले पर्सा–२ का विभिन्न टोल तथा गाउँहरूमा यस्ता भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






