बिन्दवासिनी–१ र २ मा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको घरदैलो
बिन्दवासिनी–१ र २ मा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको घरदैलो

वीरगंज १३ फागुन
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १ र २ मा रुपेश कुमार पाण्डेयको चुनावी घरदैलो कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ।
घरदैलो कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार पाण्डेयले जनताका समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए। उनले विकास, सुशासन र स्थायित्वलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता–कार्यकर्तासहित भएको कार्यक्रममा स्थानीय स्तरमा सडक, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। पाण्डेयले विगतमा सुरु भएका विकास आयोजनालाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने दाबी गरे।
कार्यक्रममा सहभागी स्थानीयवासीले रोजगारी, कृषि उत्पादनको बजार व्यवस्थापन तथा आधारभूत पूर्वाधार विकासको माग राखेका थिए। प्रत्युत्तरमा उम्मेदवार पाण्डेयले पर्सा–३ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा रहेको बताए।
घरदैलो अभियान आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रका अन्य वडाहरूमा निरन्तर सञ्चालन गरिने एमालेले जनाएको छ।






