वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भव्य कार्यक्रम

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भव्य कार्यक्रम

वीरगंज स्थित  भारतको महावाणिज्य दूतावासले सन् २०२६ को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममार्फत महिला सशक्तिकरण, लैङ्गिक समानता तथा समाजमा महिलाको भूमिकाबारे विशेष छलफल गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न महिला सामाजिक कार्यकर्ता तथा शिक्षाविद्हरूले आफ्ना विचार र अनुभव साझा गरेका थिए। वक्ताहरूले महिलाले विभिन्न क्षेत्रमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू तथा उनीहरूले सामना गर्नुपरेका चुनौतीहरूबारे पनि प्रकाश पारे।

कार्यक्रममा ज्ञानदा एकेडेमी स्कुल, वीरगञ्ज तथा शारदा कला केन्द्र, रक्सौल का छात्राहरूले नेपाल–भारतको साझा समृद्ध सांस्कृतिक सम्पदालाई झल्काउने सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत श्री देवी सहाय मीनाले समाजको विकासमा महिलाले पुर्‍याएको अमूल्य योगदानको प्रशंसा गरे। उनले महिला सशक्तिकरणले सम्पूर्ण मानव समुदाय तथा राष्ट्रलाई अझ समृद्ध र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नु, महिलाका उपलब्धिहरूलाई सम्मान गर्नु तथा थप समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।