वीरगन्ज–१५ लक्ष्मणवामा रहेको सिन्दुरिया माई आधारभूत विद्यालयका लागि चार कोठे भवन निर्माण बजेट विनियोजन

वीरगन्ज–१५ लक्ष्मणवामा रहेको सिन्दुरिया माई आधारभूत विद्यालयका लागि चार कोठे भवन निर्माण बजेट विनियोजन

वीरगन्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा रहेको श्री सिन्दुरिया माई आधारभूत विद्यालय का लागि चार कोठे नयाँ भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह को पहलमा विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन उक्त बजेट व्यवस्था गरिएको हो। महानगरले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित विद्यालयको भौतिक विकासलाई प्राथमिकतामा राख्दै भवन निर्माण प्रक्रिया अगाडि बढाएको जनाएको छ।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। यसले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले नगर प्रमुख सिंहप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको भौतिक विकासका लागि चार कोठे भवन निर्माणको बजेट उपलब्ध गराएकोमा आभार प्रकट गरेका हुन्।

यस पहलले वीरगन्ज महानगरपालिकाले शिक्षा क्षेत्रको विकास तथा विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा निरन्तर ध्यान दिइरहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।