पर्सागढीमा युवा नेता असलम आलमद्वारा इद शुभकामना आदान–प्रदान, सद्भाव र एकताको सन्देश

पर्सागढीमा युवा नेता असलम आलमद्वारा इद शुभकामना आदान–प्रदान, सद्भाव र एकताको सन्देश

वीरगंज ७ चैत्र

पर्सागढी नगरपालिका–हरपुरमा इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा युवा नेता तथा पूर्व वडा अध्यक्ष (वडा नं. ५) एवं हालका नगरसभा सदस्य असलम आलमद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूसँग शुभकामना साटासाट गर्दै आलमले इद पर्वले शान्ति, सहिष्णुता, त्याग र भाईचारा जस्ता मानवीय मूल्यहरूलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले इस्लाम धर्ममा इद पर्वको विशेष धार्मिक महत्व रहेको उल्लेख गर्दै रमजान महिनाभर गरिएको रोजा (उपवास), आत्मसंयम, दान–पुण्य र अल्लाहप्रतिको आस्थाको अभ्यासपछि इद मनाइने परम्पराले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। इदले आपसी वैमनस्यता अन्त्य गर्दै मेलमिलाप, प्रेम र सहअस्तित्वको सन्देश दिने उनले जोड दिए।

सवैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष समेत रहेका आलमले विविध जातजाति र धर्मबीचको एकता कायम राख्न यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे। उनले सबैलाई इदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव, सहकार्य र विकासका लागि एकजुट हुन आग्रह गरे।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि इद पर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सहयोगको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता पर्वले नेपाली समाजको बहुजातीय र बहुसांस्कृतिक विशेषतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।