‘निफ’मा सहभागी हुन नेपाल आउँदै ‘शोले’ निर्देशक

‘निफ’मा सहभागी हुन नेपाल आउँदै ‘शोले’ निर्देशक

प्रसिद्ध निर्देशक रमेश सिप्पीले भारतीय र नेपाली फिल्मकर्मीबीच अनुभव साटासाट गर्दै निफमा आफ्नो यात्रा र सफलताका कथा सुनाउनेछन्।

काठमाडौँ ८ चैत्र

बलिउडको प्रसिद्ध फिल्म फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा आउने भएका छन् ।उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने निश्चित भएको निफका अध्यक्ष केपी पाठकलेे बताए ।

निफमा सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम राखिएको पाठकले जानकारी दिए । ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र जिग्गज व्यक्तित्वको अनुभव नेपाली मेकरहरूका लागि पक्कै फलदायी हुन्छ ।

उहाँले पनि हाम्रो प्रस्ताव मान्नुभएकाले खुसी छौँ,’ उनले भने । सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी निर्माता र कलाकारसमेत हुन् ।

नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ । संभार:कान्तिपुर

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।